१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२०७८ असार मसान्तभित्र सूचिकृत हुन् सामाजिक सुरक्षा कोषको आग्रह

२९ चैत्र २०७७, आईतवार ०७:००

चैत २९, काठमाडौँ । सामाजिक सुरक्षा कोषले २०७८ असार मसान्तभित्र सुचिकृत हुन् आग्रह गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनासञ्चालन कार्यविधि, २०७५ को दोश्रो संशोधनले दिएको सुविधा उपभोग गर्न आग्रह गर्दै कोषमा सूचीकरण हुन आग्रह गरेको हो । 

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को दोस्रो संशोधनले वृद्द अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको जनाइएको छ ।

 २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरुले चाहेमा निवृत्तिभरण अन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा हस्तान्तरण गर्न सक्ने, अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा ८० प्रतिशतसम्म विशेष सापटीको रुपमा प्रदान गर्न सकिने लगायतका व्यवस्था रहेको जनाइएको छ ।

कोषले रोजगारदाता, श्रमिक र सरोकारवाला समेतको सुझावलाई समेटी वित्तिय दीगोपनको पक्षलाई समेत ध्यानमा राख्दै योजनाहरु समयसापेक्ष र योगदानकर्तामैत्री हुने गरी कार्यविधिको दोश्रो संशोधन गरिएको साथै निवृत्तिभरण लगायत कार्यान्वयनमा आउन समय लाग्ने अन्य योजनाहरुलाई थप प्रभावकारी बनाउन कोष प्रयत्नरत रहने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह