२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२०७८ असार मसान्तभित्र सूचिकृत हुन् सामाजिक सुरक्षा कोषको आग्रह

२०७७, २९ चैत्र आईतवार ०७:००

चैत २९, काठमाडौँ । सामाजिक सुरक्षा कोषले २०७८ असार मसान्तभित्र सुचिकृत हुन् आग्रह गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनासञ्चालन कार्यविधि, २०७५ को दोश्रो संशोधनले दिएको सुविधा उपभोग गर्न आग्रह गर्दै कोषमा सूचीकरण हुन आग्रह गरेको हो । 

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को दोस्रो संशोधनले वृद्द अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको जनाइएको छ ।

 २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरुले चाहेमा निवृत्तिभरण अन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा हस्तान्तरण गर्न सक्ने, अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा ८० प्रतिशतसम्म विशेष सापटीको रुपमा प्रदान गर्न सकिने लगायतका व्यवस्था रहेको जनाइएको छ ।

कोषले रोजगारदाता, श्रमिक र सरोकारवाला समेतको सुझावलाई समेटी वित्तिय दीगोपनको पक्षलाई समेत ध्यानमा राख्दै योजनाहरु समयसापेक्ष र योगदानकर्तामैत्री हुने गरी कार्यविधिको दोश्रो संशोधन गरिएको साथै निवृत्तिभरण लगायत कार्यान्वयनमा आउन समय लाग्ने अन्य योजनाहरुलाई थप प्रभावकारी बनाउन कोष प्रयत्नरत रहने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने