१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बिमा संस्थानको १७ सदस्यीय कार्यसमिति चयन

२९ चैत्र २०७७, आईतवार ०८:१७

 चैत्र २९, काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बिमा संस्थानको ८ औं केन्द्रीय अधिवेशनले १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीको प्रमुख अतिथित्वमा लमजुङको घलेगाउँमा चैत्र २७ र २८ गते सम्पन्न भएको अधिवेशनले रविन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन पराजुली, महिला उपाध्यक्षमा कमला बस्नेत, महासचिवमा कृष्ण प्रसाद प्याकुरेल चयन भएका छन्  । त्यस्तैगरी उप-महासचिवमा धुर्व  रेग्मी, सचिवमा वासु दाहाल, सह-सचिवमा रमेश उपाध्याय, कोषाध्यक्षमा शोभा पन्थी, सह-कोषाध्यक्षमा पशुपति दंगाल चयन भएका छन् । सदस्यहरुमा वालकृष्ण अधिकारी, विमल घिमिरे, रामप्रसाद मिश्र, हम बहादुर सरुमगर, सरिता भट्टराई, दिपेन्द्र प्रसाद गुप्ता, राजकुमार भडेल, नारायण गिरी चयन भएका छन्  ।


नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीले संघले चाल्नुपर्ने कदमहरु, भावी रणनीति तथा युनियनको भूमिकाबारे प्रष्ट पार्दै एकाकार भई संगठनात्मक हितलाई सर्वोपरी ठानेर सम्पूर्ण कर्मचारीहरुको हकहित, वृतिविकासका लागि अगाडी बढ्न नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बिमा संस्थानका कार्यसमितिलाई आग्रह गरे ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष धर्मराज खनालले नवनियुक्त पदाधिकारीहरुलाई मार्गदर्शन गर्दै ट्रेड युनियन र श्रम ऐनको विधान भित्र रहेर आफ्ना कार्यक्रमहरु जोडतोडका साथ आफु माताहतका कार्यालयहरुमा व्यवस्थापनसंग सामुहिक सौदावाजी गरी कार्यन्वयनमा लैजान भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह