१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार

१ बैशाख २०७८, बुधबार ०८:३७

वैशाख १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा रु ३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र रु ३४ करोड ३० लाख बढीको कारोबार भएको छ ।

गत माघमा रु एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा रु दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो । यसैगरी, गत माघ महिनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ । पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु १० अर्ब बढीको कारोबार भएको छ । 

कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ । माघमा मात्र रु एक खर्ब ७२ अर्ब चार करोड ६० लाख बढीको कारोबार भएको छ । गत माघमा रु एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र रु आठ अर्ब १७ करोड ६० लाख बढीको कारोबार भएको छ । 

यसैगरी माघमा मोबाइल बैकिङमार्फत रु ४० अर्ब ३५ करोड ९० लाख बढीको कारोबार भएको छ । गत माघमा रु ३८ अर्ब ५९ करोड बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ । इन्टरनेट बैंकिङमार्फत रु आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत रु १० अर्ब १८ करोड बढीको कारोबार भएको छ । गत माघमा वालेटमार्फत रु नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ । 

यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट रु ९३ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्शको कारोबारमा रु दुई करोड ८० लाखले कमी आएको हो । इ–कमर्शबाट फागुनमा रु ९० करोड ४० लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह