११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ आरम्भ

२ बैशाख २०७८, बिहीबार १२:१८

वैशाख २, काठमाडौँ । नेपाल भूमि सूचना पद्धति(नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ । घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजदेखि शुरु गरेको हो ।

 मेरो कित्ताको वेबसाइट ‘लग इन’ गरेर उक्त सेवा लिन सकिने छ । नापी विभागद्वारा आज यहाँ नेलिज तथा ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रविधिको विकासमा जोड दिएको बताउनुभयो । 

“सकभर आफैँले प्रविधिको विकास गर्ने हो, नसके अरु देशबाट लिन्छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले लगानी र प्रविधि आयातमा जोड दिएका छौँ ।” सो अवसरमा प्रधानमन्त्री ओलीले कलङ्की कार्यालयकी सेवाग्राही दमन्ता ढुङ्गानालाई नक्शाको प्रकाशन पनि हस्तान्तरण गर्नुभयो ।  

सरकारले सवै क्षेत्रमा आधुनिकीकरणको विकास गर्न खोजेको स्पष्ट पार्दै उहाँले जमीनको उपभोग र कृषि क्षेत्रमा आत्मनिर्भर हुन जरुरी रहेको बताउनुभयो । उत्पादकत्वमा जोड दिनुपर्ने जनाउँदै उहाँले  ठूलो मात्रामा उत्पादन गरी आन्तरिक र अन्तरराष्ट्रिय बजार खोज्न सुझाव दिनुभयो । नेपाल माछा, मासु र अण्डामा आत्मनिर्भर बनेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सागसब्जी र खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । “यसमा आत्मनिर्भर बन्नका लागि हाम्रा आनीबानीमा सुधार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “देशलाई खाद्य वस्तु निर्यात गर्ने अवस्थामा पु¥याउनुपर्छ ।” सरकारले व्यापार घाटा घटाउँदै लगेको जनाउँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण बाधा उत्पन्न भएको बताउनुभयो । छिमेकी भारतमा कोरोना सङ्क्रमण ह्वात्तै बढेकाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने हुँदा सबैलाई त्यसप्रति सजग रहन उहाँले आग्रह गर्नुभयो । “सीमामा सतर्कता बढाउनुपर्छ, क्षति कम गर्न सबैको प्रयास आवश्यक छ”, उहाँले भन्नुभयो । 

नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका लागि सिफारिस भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने अभियानमा सरकार लागिपरेको बताउनुभयो । ‘क्लिन इनर्जी’ अभियान सञ्चालन गर्दै सरकारले विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिएको उहाँले स्पष्ट पार्नुभयो । 

काममा व्यवधान गर्ने र ढिलासुस्ती गर्नेबाट क्षतिपूर्ति 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा अस्वाभाविक रुपमा ढिलाइ भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले काममा व्यवधान खडा गर्ने र ढिलासुस्ती गर्नेबाट क्षतिपूर्ति लिइने स्पष्ट गर्नुभयो ।  “हामीलाई काममा विलम्ब स्वीकार्य छैन, यस्तो कार्यमा संलग्न देशभित्रका हुन् वा देश बाहिरका, तिनीहरुबाट क्षतिपूर्ति लिन्छौँ”, उहाँले भन्नुभयो । तामाकोशी आयोजनामा निर्माण कम्पनीले सामान्य समस्या देखाएर   ढिलासुस्ती गरिरहेको तथा हरेक दिन रु पाँच करोड नोक्सान भइरहेको उहाँको भनाइ थियो । 

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सेवाग्राहीले सास्ती खेप्नुपरेका कारण अनलाइन सेवामा जोड दिइएको बताउनुभयो । “नापी र मालपोत कार्यालयमा सेवा लिन आउनेले दुःख पाउने गरेका छन्, सहज सेवा दिन हामीले यो सेवा शुरु गरेका हौँ”, उहाँले भन्नुभयो । अब सबैले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै डा तुम्बाहाङ्फेले भावी सन्ततिका लागि यो अति आवश्यक भएको जनाउनुभयो ।  कर्मचारीका बारेमा जनगुनासो बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले कर्मचारीले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । “बेथितिको अन्त्य गर्न नेलिज र मेरो कित्ता ल्याएका हौँ”, डा तुम्बाहाङ्फेले भन्नुभयो । 

नापी विभागका महानिर्देशक प्रकाश जोशीले सेवा चुस्तदुरुस्त र प्रभावकारी बनाउन अनलाइन सेवाको शुरुआत गरिएको जनाउँदै चालु आर्थिक वर्षभित्र काठमाडौँ उपत्यका  तथा  आगामी आवदेखि देशभरका सबै मालपोत र नापी कार्यालयबाट सो सेवा उपलब्ध गराइने बताउनुभयो । भूमि व्यवस्था  मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सो सेवा आजदेखि काठमाडौँका कलङ्की र डिल्लीबजार तथा भक्तपुर कार्यालयबाट आरम्भ गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी