११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा हरियाली, बजार पूँजीकरण ३७ खर्ब ८७ अर्ब

२ बैशाख २०७८, बिहीबार १२:२२

बैशाख २, काठमाडौँ । नयाँ वर्षको शुरुआतमै शेयर बजारमा हरियाली छाएको छ । लगातार उकालो लागेर बिदाइ भएको विसं २०७७ मा जस्तै यस वर्षको कारोवार भएको पहिलो दिन बजारले नयाँ रेकर्ड कायम गरेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २०.६१ विन्दुले सुधार आई दुई हजार ७३५.३९ मा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१७ विन्दुले सुधार आई ४९२.४४ मा पुगेको छ । 

कूल २१८ कम्पनीका एक करोड ९० लाख २० हजार ५२८ कित्ता शेयर रु आठ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ मा कारोवार भएको छ । बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख सात हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ९९.६५ र जलविद्युत् ८.९७ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ २३.०४, होटल तथा पर्यटन १०.५, विकास बैंक ९०ं१८, वित्त २८.३९, निर्जीवन बीमा ९.०३, उत्पादन ४३.२७, अन्य ३.३, लघुवित्त ६.१४, जीवन बीमा ४५.६८, सामूहिक लगानी कोष ०.०५ र लगानी १.५९ विन्दुले उकालो लागेको छ । 

कारोवारका आधारमा आज एनआइसि एशिया लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४९ करोड ८९ लाख ६३ हजार ९९८ बराबरको कारोवार भयो । यस्तै नेपाल पूर्वाधार बैंक रु ४९ करोड ८७ लाख ३४ हजार २७३, एनआइसि एशिया बैंक ३२ करोड ६२ लाख ८० हजार ९४४, नेपाल बङ्गलादेश बैंक रु २४ करोड ७९ लाख ३७ हजार २५७, नबिल बैंक रु २३ करोड १५ लाख ६७ हजार ३२१, ग्लोबल आइएमई बैंक रु २० करोड १८ लाख ३६ हजार १४, कुमारी बैंक रु १९ करोड ८२ लाख ३६ हजार ७७१, हिमालयन डिस्टिलरी रु १६ करोड पाँच लाख ७० हजार १९६, प्रभु बैंक रु १५ करोड ४० लाख २४ हजार ५१० र मेगा बैंक रु १४ करोड ७५ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

यस्तै कारोवारका आधारमा वेस्ट फाइनान्स १०, एनआइसि एशिया लघुवित्त ९.९५, महिला लघुवित्त ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.९२, ग्रीन डेभलपमेन्ट बैंक ९.६८, छ्याङ्दी पावर ९.६७, कर्णाली डेभलपमेन्ट बैंक ९.६४, सप्तकोशी डेभलपमेन्ट बैंक ९.५७ र सिन्धु विकास बैंकका लगानीकर्ताले ८.९४ प्रतिशतले कमाए । 

त्यस्तै मल्टीप्रपोज फाइनान्स ३.६७, नेशनल माइक्रोफाइनान्स ३.५२, स्वाभिमान लघुवित्त ३.४६, साल्ट टे«डिङ कर्पोरेशन २.७०, मितेरी डेभलपमेन्ट बैंक २.५६, साधना लघुवित्त २.४४, नेशनल हाइड्रोपावर २.४१, प्रभ बैंकको ऋणपत्र १.९३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.८५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी