वैशाख ६, काठमाडौँ । साताको दोश्रो दिन पनि शेयर बजार परिसूचक नेप्से ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा सिमित भएको छ । आज कारोबारमा आएका २ सय २३ कम्पनीको ७३ हजार ५ सय ८२ पटकमा १ करोड ४ लाख २ हजार ७ सय ६८ किटा शेयर कारोबार भएको छ ।
आज ६ अर्ब ७६ करोड ६८ लाख १ हजार २ सय २४ रुपैंया बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज ज्योति लाइफ इन्सोरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेभलमा शेयर कारोबार भएको छ ।
ज्योति लाईफ इन्सोरेन्सको ६२ अर्थात ९.९८ प्रतिशत र महिला लघुवित्त वित्तीय संस्थाको १ सय ३२ रुपैंया अर्थात ९.९४ प्रतिशतले शेयर मूल्य बढेको हो । आज सबैभन्दा धेरै गुमाउनेमा चन्द्रागिरी हिल्स रहको छ । जसको शेयर मूल्य नकारात्मक सर्किट अर्थात २ सय ३६ रुपैंयाले घटेको छ ।
यस्तै आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये हाइड्रोपावर र फाइनान्स बाहेक सबैको शेयर मूल्य घटेको छ ।