२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वर्क फ्रम होम, सिफ्टवाइज वर्क उपाय अपनाउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

२०७८, ६ बैशाख सोमबार १३:१७

वैशाख ६, काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिंदै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न स्वास्थ्य सतर्कताका मापदण्ड पालना गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणबाट बच्न कर्मचारीलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्येक्ष सम्पर्क नहुनेगरी कार्य वातावरण निर्माण गर्ने व्यवस्था मिलाउन, त्यसका लागि रिमोट एक्सेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क लगायतका उपाय अपनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको हो ।

प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्न बैंकले आग्रह गरेको छ । संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि ढोका खुला राखी सेनिटाइजर तथा टिस्यु पेपरको व्यवस्था गर्न भनेको छ । 

बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठि, सेमिनार, तालिमजस्ता कार्यक्रममा भौतिक दूरी कायम गर्न तथा सम्भव भएसम्म त्यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन बैंकले निर्देशन दिएको छ । 

राष्ट्र बैंकले कर्मचारीमा संक्रमणको शंका लागेमा अविलम्व परीक्षणको व्यवस्था गर्ने, आइसोलेसन गर्ने तथा कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनको व्यवस्था गर्न भनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने