७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक सामान्य वृद्धि

७ बैशाख २०७८, मंगलवार १२:२३

वैशाख ७, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुुई हजार ६६४.६१ मा पुुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक ०.५० अङ्कले बढेर ४७९.६० मा पुुगेको छ । आज कूल २१६ कम्पनीको एक लाख २३ हजार ६९ हजार ६४० कित्ता शेयर रु पाँच अर्ब ५३ करोड ८७ लाख १७ हजार ६४० मा खरिद बिक्री भयो । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण ३६ खर्ब ८९ अर्ब ६९ करोड पुुग्यो । आज कारोवार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्यो । बैंकिङ १.३७, निर्जीवन बीमा २४.३९, सामूहिक लगानी कोष ०.०४ र लगानी उपसमूहको शेयर १.०५ अङ्कले घट्यो ।

व्यापार ३४.३२, होटल तथा पर्यटन १.५६, विकास बैंक ४८.४२, जलविद्युत् ३१.७७, वित्त ४.८८, उत्पादन ५.८७, अन्य ४.५, लघुुवित्त ६.१९ र जीवन बीमा उपसमूह ५३.९८ अंकले बढे । कारोवार रकमका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २१ करोड ४२ लाख ८९ हजार २६८ मा खरिदबिक्री भयो । 

यस्तै नेपाल पूर्वाधार बैंकको रु १९ करोड ८६ लाख ७२ हजार ६६५, नविल बैंकको रु १५ करोड ६४ लाख ५१ हजार ७४, एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको रु १५ करोड ६४ लाख ५१ हजार ७४, अरुण काबेली पावरको रु १४ करोड ३३ लाख ४७ हजार २४, सिटिजन बैंक इन्टरनेशनलको रु १४ करोड १७ हजार १४० र एनआइसी एसिया बैंकको शेयर रु ११ करोड ३८ लाख ३४ हजार ३७९ मा खरिदबिक्री भयो । 

महिला लघुवित्त वित्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाग्यो । यस्तै ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९५, हिमालयन ऊर्जा विकास कम्पनी ९.८५, लिबर्टी इनर्जी ८.०७, हिमालयन पावर पार्टनर ७.७७, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ७.५३ र युनिभर्सल पावर लिमिटेडका शेयरधनीले ७.३ प्रतिशतले कमाए । 

समृद्धि फाइनान्सका शेयरधनीले आज सर्वाधिक २.४७ प्रतिशतले गुमाए । यस्तै ओरियन्टल होटल २.२२, एनआरएन इन्फ्रास्टक्चर २.०४, छयाङ्दी हाइड्रोपावर २.०३, एचआइडिसिएल १.८८, राष्ट्रिय बीमा कम्पनी लिमिटेड १.८१ र एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले १.६८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी