२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा दोहोरो अंकको गिरावट,ज्योति लाइफको शेयर मूल्यमा सर्किट

२०७८, ८ बैशाख बुधबार १०:००

वैशाख ८, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० मा पुगेको हो । आज कूल २१४ कम्पनीको सेयर कारोबार भएको छ । 

कूल दुई सय १४ कम्पनीको एक करोड ३७ लाख ४४ हजार २९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७५ करोड २३ लाख ८९ हजार ४७४ रुपैयाँ बराबरको कारोबार भएको छ । कूल १३ वटा उपसमूहमध्ये एउटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १२ वटा उपसमूहको सेयर घटेको छ । आज म्युचुअल फण्ड समुहको मात्र सेयर बढेको हो । यसदिन ज्योति लाइफ इन्सोरेन्सको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

लगातार सर्किट लाग्दै आएको उक्त कम्पनीको शेयर मूल्य बुधबार ७५ रुपैंयाले बढेर प्रतिकित्ता ८ सय २६ पुगेको छ । आज चार ज्योति लाइफ सहित कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

महिला लघुवित्त वित्तीय संस्था,गरिन डेभलपमेन्ट बैंक,हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्य क्रमश १६०,१९,१५ ले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी गुमाउनेमा लिबर्टी इनर्जी कम्पनी,हिमालयन पावर पार्टनर र नरायण डेभलपमेन्ट बैंक रहेका छन् । कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै निफ्राको २५ करोड ३९ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

कम्पनीको सेयर प्रतिकित्ता ५७२ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी हिमाल दोलखा हाइड्रोपावर, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, अपि पावर कम्पनी, नबिल बैंक, एनआईसी एशिया लघुवित्त, अप्पर तामाकोशी हाइड्रोपावर, एनआईसी एशिया बैंक र अरुण कावेली पावरले सबैभन्दा धेरै कारोबार गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने