२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अझै पाएनन् बाग्लुङका स्वास्थ्यकर्मीले जोखिम भत्ता

९ बैशाख २०७८, बिहीबार ०७:२२

वैशाख ९, बाग्लुङ । कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा काम गरेका बागलुङका स्वास्थ्यकर्मीले एक वर्षदेखि जोखिम भत्ता पाएका छैनन् । सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा लगातार तीन÷चार महिनासम्म खटिएका चिकित्सक र नर्स मात्रै २५ जनाले जोखिम भत्ता पाएका छैनन् । प्रयोगशालामा खटिने १०÷१० पालिकामा स्थापना भएका कोभिड अस्पतालका पाँच जनाको दरले ५० जना, १० चालक र स्वास्थ्य संस्थामा कार्यरत थप १०० गरी झण्डै २०० जनाले अहिलेसम्म भत्ता नपाएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

गत वर्ष क्वारेन्टिन सञ्चालनमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि भत्ता पाएका छैनन् । “सङ्क्रमणदर बढिरहँदा पनि क्वारेन्टिन र आइसोलेसन थप गर्ने विषयमा चासो बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “काम गरेको केही पाइँदैन भनेर धेरै साथी सुस्ताएका छन् ।” 

“गत आर्थिक वर्षको असार महिनाको भत्ता पाएका छैनौँ, यसपछि सङ्क्रमण बढेर चौबीसै घण्टा खटिनेलाई पनि केही राहत भएन”, कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भन्नुभयो, “कार्यालयको नियमित कामबाहेक जोखिममा खटिँदा केही नपाएपछि निराशा बढेको हो ।”

जोखिम मोलेर काम गर्दा अग्रपंक्तिमा खटिने ५० बढी स्वास्थ्यकर्मी, केही एम्बुलेन्स चालक र सहयोगीलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरु अहिले नियमित खटिन डराएको कार्यालय प्रमुख गुरौले बताउनुभयो । जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरे पनि भत्ता नआएको उहाँको भनाइ छ ।

अस्पताल विकास समितिले पनि जोखिममा खटिएकाको सेवासुविधाका लागि पहल गरिरहेको अध्यक्ष केवी रानामगरले बताउनुभयो । गत वर्ष जोखिम भत्ताका लागि एक करोड बजेट आयो भनेर चर्चा भए पनि त्यो व्यवस्थापकीय काममा मात्रै खर्च भएको उहाँको भनाइ छ ।

बीमा रकम संस्कृत पाठशालालाई

सहकारीमा काम गर्ने एक कर्मचारीले कोरोना बीमामार्फत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ । जिल्लाको सिवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना बीमामार्फत पाएको रकममध्ये २५ हजार जिल्लाको जैमिनी नगरपालिका–२ स्थित जैमिनी संस्कृत आधारभूत पाठशालालाई सहयोग गर्नुभएको हो ।

पाठशालामा आयोजित कार्यक्रममा सहयोग रकमको रु २५ हजार बराबराको चेक न्यौपाने र सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टङ्कप्रसाद सापकोटा र पाठशालाका प्रअ दीपक न्यौपानेलाई हस्तान्त्रण गर्नुभयो । सिवाइसी बचत तथा ऋण सहकारीका अध्यक्ष पौडेलले नेपाली भाषाको जननीका रूपमा संस्कृतलाई लिने गरिएकाले संस्कृत भाषाको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

सहयोगदाता न्यौपानेले कोभिड बीमामार्फत प्राप्त गरेको रमक कोरोनाबाट प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले पाठशालामा सहयोग गरेको बताउनुभयो । देशका विभिन्न जिल्लाका २३ विद्यार्थीले आवासीय सुविधासहित अध्ययन गर्ने विद्यायमा अक्षयकोष निर्माणमा सघाउने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।

उहाँले गरेको सहयोग रकमबाट पाठशालामा अक्षयकोष निर्माण गर्ने पाठशाला व्यवस्थापन समतिका अध्यक्ष सापकोटाले बताउनुभयो । विभिन्न दाताको सहयोगकै भरमा पाठशाला सञ्चालन भइरहेकाले सहयोगलाई संस्थागत र दिगो बनाउन अक्षय कोष निर्माण गर्ने सापकोटाले बताउनुभयो ।

उत्पादन बढाउन रुख काट्ने अभियान

खेतीपातीको उत्पादन बढाउने र गाउँको झाडी हटाउने अभियानस्वरुप बागलुङको काठेखोला गाउँपालिका–५ र ६ मा रुख काट्ने अभियान शुरु भएको छ । अघिल्लो वर्षदेखि शुरु भएको अभियानलाई यो वर्ष तीव्रता दिइएको हो । खेतबारीका छेउ कुनामा रहेका रुखको तप्केनीले उत्पादनमा असर गरेको भन्दै किसानकै सल्लाहमा रुख काट्ने अभियान थालिएको हो ।

यहाँका बासिन्दाले घर वरिपरिको बारीमा सुन्तला, अदुवा र बेसार खेती गर्दै आएका छन् । उत्पादन बढाउन वडा कार्यालयकै अगुवाइमा रुख काट्ने अभियान थालिएको हो । गत वर्षदेखि थालिए पनि पूरा नभएको कामलाई यो वर्ष सक्ने लक्ष्य राखिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिनुभयो । “काम नलाग्ने ठूला रुख काट्न चुनौतीपूर्ण नै रहेछ”, वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले भन्नुभयो, “काटेका रुखको व्यवस्थापन गर्ने कामले पनि लामो समय लियो ।”

अग्ला र अनुत्पादक रुखले उत्पादनमा असर गरेको कुरा बुझेपछि उपभोक्ता समितिमार्फत रुख काट्ने अभियान गरेको समितिका अध्यक्ष ऋषिराम कँडेलले बताउनुभयो । “किसानको उत्पादनमा दोब्बर वृद्धि गर्ने र सबैलाई व्यावसायिक बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयोे, “जथाभावी रुख ढाल्दा घर र सुन्तला नष्ट हुने भएपछि मेसिनमार्फत काम गरेका छौँ ।” वडा कार्यालयले लगानी गरेर मेसिन खरिद गरिदिएपछि पालैपालो अग्ला रुख काट्ने अभियान थालिएको उहाँले जानकारी दिनुभयो ।

यो अभियानले जङ्गली जनावरको समेत डर हटेको स्थानीयपवासीले बताए । ठूला रुख कटान गर्दा काठका रूपमा प्रयोगसमेत भएको छ । स्याउला भने कम्पोस्ट मलको रुपमा प्रयोग गरिएको छ । वडा ५ र ६ को बिहुँ गाउँबाट मात्रै वर्षेनी रु दुई करोडभन्दा धेरै मूल्यको सुन्तला बजारमा जाने गर्छ । घरघरका किसानले सडक छेवैमा बसेर पनि लाखौँको सुन्तला बेच्छन् । सिङ्गो गाउँ नै सुन्तला गाउँका रूपमा परिचित बन्दै गएपछि अन्य अवरोध हटाएर किसानलाई व्यावसायिक बनाउन थालिएको वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले बताउनुभयो । यहाँका किसानले व्यावसायिक पशुपालन गरेर दूधको समेत बिक्री गर्छन् । दुधालु पशु चौपायका लागि आवश्यक घाँससमेत रुख काटेपछि आफ्नै खेतबारीमा उत्पादन हुने किसान रुद्रप्रसाद कँडेलले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प, कम्तीमा १२६ जनाको मृत्यु सहकारी ठगी प्रकरणमा मुछिएकी ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ? प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ९५ पुग्यो (अपडेट) किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान त्रिभुवन विमानस्थलबाट ५ तोला भन्दा बढी सुनसहित एक जना पक्राउ आजको भूकम्पबाट नेपालमा मानवीय क्षति भएको छैन: नेपाल प्रहरी