१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिमा कम्पनीहरुलाई बीमा समितिको ७ बुदे निर्देशन ‘सजगता अपनाएर सेवा प्रवाह गर्नु’

९ बैशाख २०७८, बिहीबार ११:४०

बैशाख ९, काठमाडौँ । बिमा समितिले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को जोखिममा सजगता अपनाई सेवा दिन बिमा कम्पनीहरुलाई आग्रह गरेको छ । समितिले एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो लहर नेपालमा पनि व्यापक रुपमा बढ्न गएको परिस्थितिलाई मध्यनजर गर्दै बिमा कम्पनीहरुलाई सजगता तथा सुरक्षा अपनाई बीमितहरुलाई निरन्तर रुपमा सेवा प्रवाह गर्न आग्रह गरेको हो ।

समितिले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेववाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न माक्स, साबुन, पानी, सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्ने, सेवाग्राहीले सेवा लिन आउँदा ज्वरो मापन गर्ने व्यवस्था मिलाउन साथै सबै आवश्यक सुरक्षाका अन्य सबै उपाय अबलम्वन गर्न आग्रह गरेको छ ।

त्यस्तै, भौतिक दुरी कायम गरी भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने वातावरण मिलाउन, सेवाग्राहीको आवतजावत कम हुने गरी कम्पनीहरुले दिने सेवाहरुलाई यथासक्य विद्युतीय माध्यमका व्यवस्था गर्न समितिले बीमकलाई भनेको छ ।

बीमकहरुबाट संचालन गरिने बैठक, अधिकर्ता तालिम, सेमिनार जस्ता कार्यक्रमहरु भैतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नु पर्ने अवस्था बाहेक अन्य समयमा विद्युतीय माध्यम/भचुर्अल माध्यमबाट संचालन गर्ने गराउन समेत समितिले भनेको छ ।

त्यसैगरी, कम्पनीमा कार्यरत कर्मचारीहरुलाई एक आपसमा सम्पर्क नहुने गरी संक्रमणको न्यूनीकरण उपाय अपनाउने, कम्पनीमा कार्यरत कर्मचारीमा संक्रमण शंका लागेमा तुरुन्त परिक्षण गरी संक्रमण देखिएको कर्मचारीलाई आइसोलेसन गर्ने र क्न्टा्याक्ट टेष्टमा परेकालाई आवश्यक आइसोलेसनको व्यवस्था गर्न समेत समितिले आग्रह गरेको छ ।

साथै, समितिले सेवाग्राहीलाई सेवा दिन कर्मचारीहरुको कार्य विभाजन गरी कार्यालय समयमा सकेसम्म कम कर्मचारीहरु उपस्थित गराई सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह