२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिमा कम्पनीहरुलाई बीमा समितिको ७ बुदे निर्देशन ‘सजगता अपनाएर सेवा प्रवाह गर्नु’

२०७८, ९ बैशाख बिहीबार ११:४०

बैशाख ९, काठमाडौँ । बिमा समितिले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को जोखिममा सजगता अपनाई सेवा दिन बिमा कम्पनीहरुलाई आग्रह गरेको छ । समितिले एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो लहर नेपालमा पनि व्यापक रुपमा बढ्न गएको परिस्थितिलाई मध्यनजर गर्दै बिमा कम्पनीहरुलाई सजगता तथा सुरक्षा अपनाई बीमितहरुलाई निरन्तर रुपमा सेवा प्रवाह गर्न आग्रह गरेको हो ।

समितिले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेववाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न माक्स, साबुन, पानी, सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्ने, सेवाग्राहीले सेवा लिन आउँदा ज्वरो मापन गर्ने व्यवस्था मिलाउन साथै सबै आवश्यक सुरक्षाका अन्य सबै उपाय अबलम्वन गर्न आग्रह गरेको छ ।

त्यस्तै, भौतिक दुरी कायम गरी भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने वातावरण मिलाउन, सेवाग्राहीको आवतजावत कम हुने गरी कम्पनीहरुले दिने सेवाहरुलाई यथासक्य विद्युतीय माध्यमका व्यवस्था गर्न समितिले बीमकलाई भनेको छ ।

बीमकहरुबाट संचालन गरिने बैठक, अधिकर्ता तालिम, सेमिनार जस्ता कार्यक्रमहरु भैतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नु पर्ने अवस्था बाहेक अन्य समयमा विद्युतीय माध्यम/भचुर्अल माध्यमबाट संचालन गर्ने गराउन समेत समितिले भनेको छ ।

त्यसैगरी, कम्पनीमा कार्यरत कर्मचारीहरुलाई एक आपसमा सम्पर्क नहुने गरी संक्रमणको न्यूनीकरण उपाय अपनाउने, कम्पनीमा कार्यरत कर्मचारीमा संक्रमण शंका लागेमा तुरुन्त परिक्षण गरी संक्रमण देखिएको कर्मचारीलाई आइसोलेसन गर्ने र क्न्टा्याक्ट टेष्टमा परेकालाई आवश्यक आइसोलेसनको व्यवस्था गर्न समेत समितिले आग्रह गरेको छ ।

साथै, समितिले सेवाग्राहीलाई सेवा दिन कर्मचारीहरुको कार्य विभाजन गरी कार्यालय समयमा सकेसम्म कम कर्मचारीहरु उपस्थित गराई सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने