राजाराम कार्की/साउन २५, काठमाडौँ । नेपालले आगामी एक वर्षभित्र अन्डा आयात गर्नु नपर्ने भएको छ । 

सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार साउनदेखि ग्रामीण कुखुरा प्रवद्र्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राजाराम कार्की/साउन २५, काठमाडौँ । नेपालले आगामी एक वर्षभित्र अन्डा आयात गर्नु नपर्ने भएको छ । 

सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार साउनदेखि ग्रामीण कुखुरा प्रवद्र्"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुखुरा प्रवद्र्धन कार्यक्रममार्फत अन्डाको आयात प्रतिस्थापन गरिने

२०७३, २५ श्रावण मंगलवार ११:०९

राजाराम कार्की/साउन २५, काठमाडौँ । नेपालले आगामी एक वर्षभित्र अन्डा आयात गर्नु नपर्ने भएको छ । 

सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार साउनदेखि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम लागू गरेको पशुपक्षी विभागले जनाएको छ । 

नेपाली व्यापारीले व्यावसायिक रुपमा अन्डाको आयात गरेका छैनन् । यद्यपि खुल्ला सिमानाका कारण भारतबाट अन्डा आयात रोकिएको छैन भन्नुहुन्छ, नेपाल अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसी । सङ्घका अनुसार हाल दैनिक २० लाख वटा अन्डा व्यावसायिक रुपमा उत्पादन भइआएको छ । नेपालीको अन्डा खाने बानी विस्तारै बढेकाले उत्पादन बढाउन अनिवार्य भएको अन्डा व्यवसायी रामकुमार श्रेष्ठले बताउनुभयो । 

अहिले बजारमा अन्डाको खुद्रा मूल्य प्रतिवटा रु १३ तिर्नुपर्छ । व्यापारीले रु ११ तिरेर अन्डा आयात गर्दा वार्षिक रु एक अर्ब १० करोडको अन्डा भारतबाट आयात हँुदै आएको अनुमान गरिएको छ । 

पशुपक्षी विकास मन्त्रालयको तथ्याङकअनुसार हाल वार्षिक ९० करोड वटा अन्डा यहाँ उत्पादन हुन्छ । आगामी एक वर्षपछि सो उत्पादनमा ११ दशमलव ११ प्रतिश वृद्धि गर्न सक्दा मात्र एक वर्षभित्र नेपाल अन्डा उत्पादनमा आत्मनिर्भर हुने लक्षण देखिन्छ । व्यावसायिक रुपले अन्डा उत्पादन हुँदा वार्षिक ७२ करोड वटा र ग्रामीण क्षेत्रमा स्थानीय जातका कुखुराबाट १८ करोड गरी ९० करोडवटा अन्डा स्वदेशमा उत्पादन हुने गरेको सङ्घले बताएको छ । 

आगामी वर्ष अन्डामा आत्मनिर्भर हुन सरकारले साउनदेखि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम लागू गरेको छ । सो कार्यक्रम पूर्णरुपमा लागू भएपछि यहाँ वार्षिक झन्डै एक अर्बवटा अन्डा उत्पादन हुने अनुमान गरिएको छ । 

स्थानीय जातको कुखुराको अन्डा उत्पादन वर्षमा करिब ७०÷८० वटा मात्र हुन्छ भने सोही अवधिमा व्यावसायिक कुखुराले वार्षिक २८० देखि ३०० अन्डासम्म उत्पादन गर्नसक्छ । 

नेपालको ग्रामीण क्षेत्रमा भएका कुखुराको व्यावसायिक रुपमा पालन गरी प्रतिस्थापन गर्न सक्दा हालको उत्पादन ४५ प्रतिशतले बढ्न जान्छ 

नेपालमा प्रतिवर्ष कुखुराको सङ्ख्या करिव चार करोड ८० लाख ७९ हजार पुग्ने अनुमान छ । यसमध्ये अन्डा दिने कुखुरा ८३ लाख ५० हजार रहेको र तिनीहरुबाट वार्षिक ९० करोड वटा अन्डा उत्पादन हुन्छ । कुल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अन्डा उपलब्धता छ । यसलाई एक वर्षभित्र ४८ पु¥याई देशलाई अन्डाको क्षेत्रमा आत्मनिर्भर बनाउनु एक चुनौतीपूर्ण कार्य हो । 

वर्षमा ग्रामीण क्षेत्रमा स्थानीय नश्लका कुखुराबाट औसतमा ७० देखि ८० वटा उत्पादन हुने भएकाले आशातित सफलता प्राप्त गर्न नसकिएको पशुपक्षी विकास मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो । 

मन्त्रालयले ४० जिल्लामा २०० कृषक परिवारमा व्यावसायिक फार्म स्थापना गरी अन्डा उत्पादन गर्ने नीति लिएको छ । आगामी एक वर्षभित्र थप १५ करोड अन्डा उत्पादन गरी देशलाई अन्डामा आत्मनिर्भर गर्ने लक्ष्य मन्त्रालयले लिएको हो । 

एसियाली मुलुकमा ख्याति कमाएका कुखुराको जातलाई व्यावसायिक पालनमा वृद्धि गरिने, त्यस्ता चल्ला वितरण गरिने, सस्तो ब्याजमा समूह, सहकारी तथा व्यक्तिगत फार्मलाई ऋण लगानी र बिमामा प्रेरित गरी पहाडी जिल्लामा खोलिएका दाना उद्योगमा सौर्य ऊर्जा जोड्न अनुदान दिने र व्यावसायिक बनाउने लक्ष्य अनुरुप कार्य भइरहेको बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते