१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटमा व्यवसायीको सुझाव : ‘भ्याटलाई १०% मा झारौं, आयकरको सीमा दोब्बर बनाऔं’ (पूर्णपाठसहित)

१२ बैशाख २०७८, आईतवार ११:४०

बैशाख १२, काठमाडौं । उद्योगी व्यवसायीहरुले मूल्य अभिवृद्धि करको दर १० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि सुझाव दिँदै निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले भ्याटको दर १३ प्रतिशतबाट १० मा झार्दा सर्वसधारणको क्रयशक्ति बढ्न गइ बजारमा माग सिर्जना हुने दाबी गरेको छ ।

कोरोनाको दोस्रो लहरले जनजीवन आक्रान्त बनाएको समयमा महासंघले दिएको सुझावमा कोभिड–१९ ले अर्थतन्त्र र समाजिक जीवनमा पारेको असरलाई न्यूनिकरण गर्दै राष्ट्रिय आर्थिक रुपान्तरण २०३० अनुसार आर्थिक वृद्धि र रोजगारी हासिल हुने गरि नीति र कार्यक्रम यसै बर्षको संघीय बजेटदेखि समावेश गरिनुपर्ने उल्लेख छ । महासंघले महामारी नियन्त्रण एवं स्वास्थ्य सेवा विस्तार, प्रभावकारी राहत र पुनरुत्थान कार्यक्रम, कृषि इकोसिस्टमको पुर्नसंरचना, सार्वजनिक सेवामा प्रविधि र सुशासन, पूर्वाधार विकास, निजी क्षेत्र प्रोत्साहन विशेष कार्यक्रम बजेटमा समावेश गरिनुपर्ने सुझाव दिएको हो ।

महासंघले आयकरको दर व्यक्तिको हकमा ७ लाख र दम्पतिको सम्बन्धमा ८ लाख रुपैयाँ कर छुटको सीमा तय गर्नु तथा पारिश्रमिक आयकरको वर्तमान स्ल्याव घटाएर ५, १५, २५ प्रतिशत गरिनु पर्ने सुझाव दिएको छ । यस्तै बैंक तथा वित्तीय क्षेत्रमा कायम रहेको ३० प्रतिशत करको दरलाई घटाउनुपर्ने सुझाव महासंघको छ । महासंघले ९ वटा ऐन संशोधन गरी समयसापेक्ष बनाइनुनपर्ने माग राखेका छ । यस्तै २ नयाँ ऐनको तर्जुमा गरिनुपर्ने महासंघको सुझाव छ ।

यस्तै भारतको जीएसटीका दरलाई विचार गरी १८ प्रतिशत र सो भन्दा कम दर लाग्ने सामानमा भन्सार महसुल घटाइनुपर्ने आवश्यकता रहेको महासंघले औंल्याएको छ । यतै जाँचपास पछिको परिक्षण (पीसीए) दुई वर्षसम्म मात्र गर्न पाउने व्यवस्था गर्नु माग महासंघले राखेको छ । महासंघका अनुसार भारतबाट जारी भएको जीएसटी बीजकलाई अनलाइन प्रमाणिकरण गर्न सक्ने गरी भारत सरकारले नेपाललाई डेटा इन्टिग्रेसन सुविधा उपयोग गर्न महासंघले सरकारलाई सुझाव दिएको छ ।

यस्तो छ, महासंघको सुझाव (पूर्णपाठ) :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह