१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोनाका कारण यस वर्ष रोजगारी थप घट्ने अनुमान

१३ बैशाख २०७८, सोमबार ०५:३२

बैशाख १३,  काठमाडौं । कोभिड-१९ (कोरोना भाइरस) का कारण सन् २०२० मा विश्वमा झण्डै २ करोड ५० लाख रोजगारी गुमेको र सन् २०२१ मा थप १ करोड ३० लाख रोजगारी गुम्ने प्रक्षेपणका वीच अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले रोजगारी सुरक्षा र रोजगारी सिर्जनामा जुट्न आव्हान गरेको छ । कोभिड पश्चातको संकटसँग जुध्न रोजगारी सिर्जनालाई प्राथमिकता दिन आइटीयूसीले विश्वका सवै देशका सरकारहरुलाई आव्हान गरेको हो ।

यसका लागि सार्वजनिक लगानी वृद्दि गर्न, सार्वजनिक क्षेत्रमा लगानी वृद्दि गर्दै रोजगारी वृद्दि गर्न, गुणस्तरीय रोजगारी सिर्जना गर्न, तालिम र शिक्षामा लगानी गर्न तथा अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक बनाउन आइटीयूसीले माग गरेको छ ।

विश्वका कतिपय मुलुकहरुले छोटो समयको रोजगारी सिर्जनामा महत्वपूर्ण काम गरेको भन्दै आइटीयूसीले यसले तत्कालिन रुपमा बेरोजगारी कम गर्न मद्दत गरेको, महामारीको समयमा कार्यसमय घट्न सक्ने जोखिम रोकेको भन्दै तर यसलाई दिगो बनाउन राष्ट्रिय रोजगार योजनाहरु बनाउन ढिला गर्न नहुने धारणा राखेको छ ।

आइटीयूसीले रोजगारी सिर्जनासँगै संगठित हुन पाउने र सामुहिक सौदावाजीको अधिकार, सामजिक सुरक्षा, समान कामको लागि समान ज्याला लगायत यकिन गर्न पनि माग गरेको छ ।

अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) विश्वका विभिन्न मुलुकमा कृयाशिल ट्रेड यूनियन महासंघहरुको छाता संस्था हो । यसको मुख्यालय बेल्जियममा रहेको छ । यसले विश्वभरी श्रमिकको अधिकार स्थापित गर्नका लागि दवावकारी अभियानहरु सञ्चालन गर्ने, नीतिगत सुधारका लागि पहल, पैरवी गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह