२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबदेखि नागरिक एपबाटै बैंक खाता खोल्न सकिने, (तरिका सहित)

२०७८, १९ बैशाख आईतवार ०८:०६

वैशाख १९, काठमाडौं । नागरिक एपबाटै बैंक खाता खोल्न सकिने भएको छ । सरकारले आइतबारदेखि औपचारिक रुपमा प्रयोगमा ल्याएको नागरिक एपबाट क्यूआर स्क्यान गरेकै भरमा बैंक खाता खोल्न सकिने व्यवस्था गरिएको हो ।

प्रधानमन्त्रीले नागरिक एपबाट नेपाल बैंकको खाता खोलेर यसको सुरूवात गरे । यो सेवा हाललाई राष्ट्रिय वाणिज्य बैंकका अतिरिक्त सिद्धार्थ बैंक र नविल बैंकका लागि उपलब्ध छ । सम्भव भएसम्मका सबै सरकारी तथा सार्वजनिक सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको नागरिक एपको यो सुविधाले बैंक खाता खोल्दा कागजात तथा पहिचान प्रमाणीकरण गराउन बैंकमै पुग्नुपर्ने बाध्यता अब हुनेछैन ।

नागरिक एपको क्यूआरबाट बैंक खाता खोल्नुका साथै केवाईसी अपडेटको काम समेत गर्न सकिनेछ । यो सेवा हाललाई शिद्धार्थ बैंक र नविल बैंकका लागि उपलब्ध छ । क्रमशः अन्य बैंकहरुमा समेत यसलाई चाँडै विस्तार गर्ने सरकारको तयारी छ । भविष्यमा बैंक खाता नम्बर नागरिक एपमा सोझै जोड्न सकिनेछ । जसबाट आफ्नो बैंक खातामा रहेको रकम तथा कारोबारको विवरण हेर्न सम्भव हुनेछ ।

नागरिक एपबाट कसरी खोल्ने बैंक खाता ?

१. यसका लागि तपाईंसँग आफ्नो नागरिक एप रहेको मोबाइलसँगै अर्को कम्प्युटर वा स्मार्टफोन हुन जरुरी छ । त्यसपछि दुवै डिभाइसमा डेटा वा इन्टरनेट भएको निश्चित गर्नुहोस् ।

२. अब कम्प्युटर वा अर्को मोबाइलमा कुन बैंकमा खाता खोल्न चाहेको हो, उक्त बैंकको वेबसाइट खोल्नुहोस् । वेबसाइटमा अनलाइनबाट बैंक खाता खोल्ने विकल्पमा जानुहोस् ।

३. त्यहाँबाट नागरिक एपहुँदै अगाडि बढ्नुहोस् । त्यहाँ एउटा क्यूआर कोड देखिन्छ ।

४. अब आफ्नो मोबाइलमा रहेको नागरिक एपमा जानुहोस् र माथि दायाँ कुनामा रहेको क्यूआर कोड स्क्यानर खोल्नुहोस् ।

५. त्यसपछि नागरिक एपलाई क्यामेराको पहुँच दिनुहोस् । यति गरेसँगै नागरिक एपमा क्यामेरा खुल्छ ।

६. अब कम्प्युटर वा अर्को मोबाइलमा देखिएको क्यूआर कोड स्क्यान गर्नुहोस् । त्यस लगत्तै बैंकले तपाईंको नागरिक एपमा रहेका कुन कुन जानकारी प्राप्त गर्न खोजिरहेको हो भन्ने देखिन्छ ।

७. त्यसपछी ‘कन्फर्म’ गर्नुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा रहेका तपाईंका प्रमाणीत विवरण बैंकको फर्ममा स्वतः भरिएर आउँछन् ।

८. सबै विवरण राम्रोसँग हेर्नुहोस् । खाली भएको स्थान भर्नुहोस् र ‘प्रोसिडमा क्लिक गरेर अगाडि बढ्नुहोस् । त्यसपछि बैंकले मागेका बाँकी विवरण भर्दै सबै चरण पुरा गर्नुहोस् ।

९. यति गरेसँगै तपाईंको बैंक खाता तयार हुन्छ । जुन तपाईंले सम्बन्धित बैंकबाट प्राप्त गर्न सक्नुहुनेछ ।

१०. नागरिक एपबाट खाता खोल्न मात्रै होइन, बैंक खाताको केवाईसी समेत अपडेट गर्न सकिन्छ । यसका लागि सम्बन्धित बैंकको वेबसाइटमा रहेको ‘केवाईसी भेरिफिकेसन’ मा जानुहोस् ।

११. त्यसमा गइसकेपछि नागरिक एपको विकल्प हुँदै अघिकै प्रक्रिया पुरा गर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो