१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपासना पौडेल बनिन् इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा कान्छी सिइओ

१९ बैशाख २०७८, आईतवार १०:३२

वैशाख १९, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले आगामी ४ वर्षका लागि उपासना पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । कम्पनीको नियुक्ती सँगै पौडेल बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन सफल भएकी छिन् । ३४ वर्षकी पौडेल इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा कान्छी सिइओ हुन सफल भएकी छिन् ।


पौडेलले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी छिन् । उनले भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी छिन् । सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल यूनाइटेड इन्स्योरेन्समा डेढ वर्षदेखि कार्यरत छिन् ।

कम्पनीको सञ्चालक समितिले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको थियो । बीमा समितिले स्वीकृति प्रदान गरे सँगै उनलाई जिम्मेवारी प्रदान गरिएको हो ।

कम्पनीको प्रगति ग्राहकको सन्तुष्टि तथा दक्ष जनशक्तिबाट मात्रै संभव हुने कुरामा विश्वास राख्ने पौडेलले  कर्मचारीको टिम वर्कलाई  विशेष ध्यान दिने गरेकी छिन् । उनको आगमन संगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ती संगै थप उचाईमा पुग्ने कम्पनीले  विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह