१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साउनदेखि बढ्दैछ नेपाली श्रमिकको तलव, कति पाउँछन् अब ?

२१ बैशाख २०७८, मंगलवार ०५:०१

वैशाख २१, काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी  श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ। 

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो । जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ छ भने महँगी भत्ता पाँच हजार छ सय १५ गरी जम्मा १५ हजार रूपैयाँ कायम गरिएको छ। 

नयाँ व्यवस्था अनुसार श्रमिकले दैनिक ५ सय ७७ रूपैयाँ पारिश्रमिक पाउने छन्। जसमा तीन सय ६१ रूपैयाँ आधारभूत पारिश्रमिक र दुई सय १६ रूपैयाँ महँगी भत्ता रहने उल्लेख गरिएको छ। प्रतिघण्टाका दरले हिसाब गर्दा श्रमिकले ७७ रूपैयाँ पाउने छन्। जसमा ४८ रूपैयाँ आधारभूत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता रहनेछ। 

तोकिएको पारिश्रमिकका अतिरिक्त श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र प्रचलित कानुनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा समेत रोजगारदाताले श्रमिकहरूलाई उपलब्ध गराउनु पर्नेछ। श्रमिकको पारिश्रमिक हरेक दुई-दुई वर्षमा पुनरावलोकन गरिँदै आएको छ। अघिल्लो वर्ष नै पारिश्रमिक पुनरावलोकन हुनुपर्ने भए पनि कोरोना महामारीको कारण देखाउँदै पुनरावलोकन गरिएको थिएन।

यस वर्ष पनि कोरोना महामारीका कारण न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न नसकिएको भन्दै अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे १ को अवसरमा मा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार पुर्‍याउने घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह