२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उडान बन्द भयो, टिकटको पैसा कसरी फिर्ता गर्ने ?

२०७८, २१ बैशाख मंगलवार १०:१८

वैशाख २१, काठमाडौं । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित भएको छ ।

सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर जारी रहने छ ।

यसबीचमा अत्यावश्यक अवस्थामा हेलिकोप्टर तथा जहाज चार्टर्ड गरेर भने उडाउन सकिने छ । नियमित उडान बन्द भएसँगै अग्रिम टिकट काटेका यात्रुले टिकट अर्को मितिमा सार्न वा टिकटको पैसा फिर्ता गर्न सक्छन् । यति एयरलाइन्सले एक सूचना जारी गर्दै भनेको छ, ‘यात्रुले रकम फिर्ता गर्न टिकट काटेको ठाउँमै सम्पर्क गर्नु पर्नेछ ।’

यसअघि उडान भएको अन्तिम दिन त्रिभुवन विमानस्थलबाट कुल ५७०५ जना यात्रुले यात्रा गरेका छन् । त्रिभुवन विमानस्थलबाट सोमबार सो दिनका लागि निर्धारित कोटाअनुसार नै उडान भएको छ ।

यस दिन बुद्धले १८, यतिले १०, तारा र श्री एयरलाइन्सले ५/५ उडान गरेका छन् । समिट र नेपाल एयरलाइन्सले ४/४ उडान गरेका छन् । सौर्यको तीन उडान भएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ