१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल लाइफ २१औँ वर्षमा प्रवेश, विगत ११ वर्षदेखि अग्रणी स्थानमा

२१ बैशाख २०७८, मंगलवार ११:२३

 वैशाख २१, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले २१औँ वार्षिकोत्सवका अवसरमा सन्देशमार्फत हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफु, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गर्नुभएको छ  ।

साथै उहाँले कोरोना भाइरसको महामारीमा पनि सरलरुपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसूर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।कम्पनीले बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको जनाएको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, फोन पे, आईएमई पे तथा प्रभु पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

कम्पनीमा सर्वाधिक लगानी रु १११ दशमलव ४७ अर्ब रहेको छ भने सर्वाधिक जीवन बीमाकोष रु १०१ अर्ब २८ करोड र सर्वाधिक शेयरधनी कोष रु आठ अर्ब ८५ करोडभन्दा बढिरहेको कम्पनीले जनाएको छ । कम्पनीको सर्वाधिक चुक्ता पूँजी सात दशमलव १९ अर्बभन्दा माथि रहेको छ भने एक अर्बभन्दा बढी सर्वाधिक बजार पूँजीकरण रहेको कम्पनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी रु ११ दशमलव ९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी रु नौ दशमलव ७७ अर्ब तथा सर्वाधिक मृत्यु दाबी रु तीन दशमलव ७३ अर्बभन्दा बढी भुक्तानी गरिसकेको छ ।

कम्पनीमा एक लाख ७६ हजार ४३ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् भने कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल २०० शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगारसमेत गरी २८ लाख ८२ हजार ३४२ व्यक्ति बीमित भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह