२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि नेपाल बैंकको ३ अर्ब ५० करोडको ऋणपत्र विक्री खुला, ब्याजदर कति ?

२०७८, २२ बैशाख बुधबार ०५:१४

वैशाख २२, काठमाडौं । नेपाल बैंक लिमिटेडको ऋणपत्र बैशाख २२ गते (आज) देखि सार्वजनिक निष्काशन हुँदैछ । कम्पनीले ‘८ दशमलव ५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ नामको १० वर्षे अवधिको ऋणपत्र विक्री गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ।

सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो ।

ऋणपत्र खरीदका लागि छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिन सकिनेछ । उक्त ऋणपत्र ढिलोमा जेठ ५ गतेसम्म सार्वजनिक निष्काशनमा रहने बैंकले जनाएको छ । ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिंगल ए ग्रेडिङ प्रदान गरेको छ ।

लगानीकर्ताले विक्री प्रबन्धक, सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने