१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशी नागरिकलाई भिसामा विलम्ब शुल्क र जरिवाना नलाग्ने

२६ बैशाख २०७८, आईतवार ०६:४५

वैशाख २६, काठमाडौँ । सरकारले वैशाख १६ गतेदेखि उपत्यकाका साथै मुलुकका विभिन्न जिल्लामा लागू गरेको निषेधाज्ञाका कारण नेपालमै रोकिएका विदेशी नागरिकको हकमा विलम्ब शुल्क र जरिवाना नलिने निर्णय गरेको छ ।

अध्यागमन विभागका अनुसार वैशाख १५ गतेसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडान स्थगत रहेकै अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूशरु भएको मितिदेखि ७ दिनभि नेपालबाट प्रस्थान हुने विदेशीको हकमा भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गर्ने निर्णय गरिएको हो ।

साथै वैशाख १५ गतेसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडा सूरु भएपछि पनि नेपालमै बस्न चाहने विदेशी नागरिकको हकमा निषेधाज्ञा समाप्त भएको मितिले ७ दिनभित्र भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका अध्यागमन कार्यालयमा आवेदन गरेमा बिलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गर्ने निर्णय गरिएको छ ।

त्यसका साथै गत वैशाख १५ गतेसम्म नेपालको वैध पर्यटन भिसा भएका विदेशीको हकमा निषेध आदेश अवधिलाई निज पर्यटक भिसामा नेपाल बस्न सक्ने अवधि १५० दिन अन्तर्गत गणना नगर्ने पनि स्पष्ट पारेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडान स्थगन रहेकै अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान शुरु भएको मितिदेखि ७ दिनभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिसा नियमित हुने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह