२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङमा १५ खानेपानी आयोजना सम्पन्न, कुन कुन आयोजना परे ?

२०७८, २८ बैशाख मंगलवार ०६:०२

वैशाख २८, लमजुङ (रासस)। प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । बेँसीशहर नगरपालिका–८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङद्वारा सञ्चालन भएको ५० योजनामध्ये १५ वटाको काम सकिएको हो । 

प्रदेश सरकारको चालु आव २०७७/७८ मा सञ्चालन भएका ५० योजनाका लागि रु ११ करोड ६० लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालका अनुसार सम्पन्न भएका योजनाहरूमा रु २४ लाख लागतको दोर्दी गाउँपालिका–२ को अर्चलबोट खानेपानी आयोजना रु ३५ लाख बजेटमा क्व्होलासोंथर गाउँपालिका–७ भोजेको भोजे खानेपानी आयोजना सम्पन्न भएको छ । 

त्यस्तै रु १२ लाख लागतको मध्यनेपाल नगरपालिका–८ को कल्याणबेँसी खानेपानी योजना, रु १६ लाख लागतको बाग्रबेँसी चनौटेटोल खानेपानी योजना, मस्र्याङ्दी गाउँपालिका–१ र २ को घनापोखरा खानेपानी आयोजना रु १२ लाखमा सम्पन्न भएको छ । 

त्यस्तै, दोर्दी गाउँपालिका–८ बन्सार खानेपानी आयोजना रु ३७ लाख लागत, राइनास नगरपालिको राइनास बृहत् खानेपानी आयोजना रु ३२ लाख ५० हजार बजेट, बेँसीशहर नगरपालिका–४ को हिले खानेपानी आयोजना र चरागाउँ खानेपानी आयोजनाको काम सकिएको छ । मस्र्याङ्दी गाउँपालिका–४ को मिप्रा स्याँगे खानेपानी आयोजना रु १२ लाखमा काम सकिएको छ ।

त्यस्तै, क्व्होलासोंथर गाउँपालिका–६ को पसगाउँ खानेपानी आयोजना रु ३७ लाख बजेटमा, १२ लाखमा बेँसीशहर नगरपालिका–२ मा असिमुरे खानेपानी आयोजना, १२ लाखमा सुन्दरबजार नगरपालिका–५ खरिभञ्ज्याङ खानेपानी आयोजना, ३६ लाखमा मध्यनेपाल नगरपालिका–३ को सूर्यपाल एक घर एक धारा खानेपानी आयोजना र सुन्दरबजार नगरपालिका–८ को बलिथुम खानेपानी आयोजना, सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङले जनाएको छ । 

बाँकी अन्य निर्माणाधीन आयोजनासमेत अन्तिम चरणमा पुगेको एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाहरू सङ्घीय ससर्त अनुदानका २५ योजनामध्ये नौवटा आयोजनाहरुसमेत सम्पन्न भइसकेको छ । बाँकी आयोजनाका कामसमेत तीव्र गतिमा अघि बढिरहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो