१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति

२८ बैशाख २०७८, मंगलवार ०६:११

वैशाख २८, कर्णाली (रासस)। कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । आयुर्वेदिकतर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छ/छ, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ जनालाई करार नियुक्तिका लागि सिफारिस गरिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।

निर्देशक डा खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा तीन, स्वास्थ्य सेवा कार्यालय कालीकोटमा र जाजरकोटमा दुई÷दुई, हुम्ला, मुगु र डोल्पामा एक÷एक हेल्थ असिस्टेन्ट सिफारिस गरिएको छ । त्यस्तै प्रदेश अस्पताल सुर्खेत, जिल्ला अस्पताल दैलेख, रुकुमपश्चि, कालीकोट, जाजरकोट र मुगुमा एक÷एक गरी छ रेडियोग्राफरलाई करार नियुक्ति दिइएको छ ।

त्यसैगरी प्रदेश अस्पतालमा पाँच र मेहलकुना अस्पताल सुर्खेतमा एक गरी छ, स्वास्थ्य सेवा कार्यालय मुगु, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा एक÷एक गरी १२ ल्याब असिस्टेन्टलाई करार नियुक्ति दिइएको उहाँले बताउनुभयो । त्यस्तै फार्मेसी सहायक प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान एक/एक गरी छ जना सिफारिस गरिएको छ ।

निर्देशक डा खड्काका अनुसार स्टार्फ नर्स कर्णाली प्रदेश अस्पतालमा ५९ र मेहलकुना अस्पतालमा दुई, स्वास्थ्य सेवा कार्यालय हुम्लामा तीन, मुगु, डोल्पा, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम, सल्यानमा दुई/दुई गरी १५ जना सिफारिस गरिएको छ । स्वास्थ्य सेवा कार्यालय मुगु र दैलेखका लागि एक÷एक जना कविराज नियुक्त गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

करार नियुक्तिका लागि सिफारिस भएका सबै कर्मचारीलाई पाँच दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशनालयले निर्देशन दिएको छ । प्रदेश सरकारले असोज ८ गते सेवा करारका लागि गरेको विज्ञापनमा विभिन्न ढिलाइ भए पनि हालै सिफारिस गरिएको जनशक्तिले कोभिड नियन्त्रण तथा व्यवस्थापनमा ठूलो सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले बताउनुभयो ।

“स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावले धेरै अस्पतालको कार्यले गति लिन सकेको थिएन”, प्रवक्ता केसीले भन्नुभयो, “अहिले प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी नियुक्त गरेको छ ।” यो जनशक्तिले बिरामीको उपचार तथा सङ्क्रमण नियन्त्रण गर्न सघाउने पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह