२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबदेखि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने

२०७८, २८ बैशाख मंगलवार ०६:१८

 वैशाख २८, काठमाडौँ । अबदेखि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि चेक क्लियरिङ्ग गर्ने ब्यबस्था गर्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त भुक्तानी कार्य गर्ने संस्थाहरूलाई नेपाल क्लियरिङ्ग हाउसले इलोक्टोनिक माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खर्च वा जम्मा गर्ने रकमको अन्तिम सारांश बैंकको बैंकिङ कार्यलयमा पठाउने समय परिवर्तन गरे पछि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने भएको हो । 

जसअनुसार आईतबार देखि विहिबार सम्म नियमित क्लियरिङ्ग सत्रका लागि नेट क्लियरिङ्ग पोजिसन प्राप्त गर्ने समय दिउँसो ३ बजे र सेटलमेन्ट हुने समय दिउँसो ३:१० बजे रहेको छ । त्यस्तै पहिलो एक्सप्रेस क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय बिहान ११:३० बजे र सेटलमेन्ट हुने समय बिहान ११:४० बजे रहेको छ । त्यस्तै दोस्रो एक्सप्रेस क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय १२:३० सम्म र सेटलमेन्ट हुने समय दिउँसो १२:४० सम्म रहेको छ । 

त्यस्तै शुक्रबार भने नियमित क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय दिउँसो १२:३० बजे र सेटलमेन्ट हुने समय १२:४० सम्म रहेको छ । साथै एक्सप्रेस क्लियरिङ्ग सत्रमा चेक प्राप्त गर्ने समय दिउँसो ११:३० बजे र सेटलमेन्ट हुने समय दिउँसो ११:४० बजे रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने