२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निजी प्रयोजनको बहानामा जथाभावी सालको रुख कटान

२०७८, २८ बैशाख मंगलवार ०९:३१

वैशाख २८,  गोरखा (रासस)। गोरखा नगरपालिका–१३ स्थित वनदेवी सामुदायिक वन क्षेत्र आसपासमा निजी वनका नाममा जथाभावी सालको रुख कटानी भएको पाइएको छ । स्थानीयवासीले वनमा सालको काठ लुकीछिपी काटेर राखेको अवस्थामा भेटेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । 

काटिएको काठ स्थानीयवासी सुर्दशन शाहीले आफ्नो निजी प्रयोजनका लागि भन्दै काटेर थुपारेर राखेको अवस्था भेटिएको कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख श्रेष्ठले थुपारिएर राखिएको काठ कहाँबाट काटेको भन्ने कुरा अनुसन्धान भइरहेको बताउनुभयो । ‘‘निजी वनको हो कि सामुदायिक वनबाट काठ काटिएको हो भन्ने स्पष्ट भइसकेको छैन,” प्रमुख श्रेष्ठले भन्नुभयो । शाहीले थुपारेर राखेको भनिएको स्थानमा करीब २९ थान (साढे ३१ क्युफिट) काठ फेला परेको अनुसन्धानमा खटिनु भएका रेन्जर बद्री देवकोटाले जानकारी दिनुभयो ।

 शाहीले सामुदायिक वनसंग जोडिएको क्षेत्रमा बिना अनुमति आफ्नो निजी वन भन्दै सालको रुख कटानी गरेको पाइएको हो । उनले घर बनाउनका लागि काठ काटेको भनिएपनि स्थानीयवासीले काठ बिक्री वितरणका लागि काटेको आशङ्का गरेका छन् ।  कानूनमा निजी वन नै भएपनि सालका काठ अनुमति बिना काट्नका लागि प्रतिबन्ध लगाइएको छ । रुख काटिएको क्षेत्रमा अन्य कुकाठका रुखहरु पनि ढलिरहेको अवस्थामा भेटिएको स्थानीयको भनाइ छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने