१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निजी प्रयोजनको बहानामा जथाभावी सालको रुख कटान

२८ बैशाख २०७८, मंगलवार ०९:३१

वैशाख २८,  गोरखा (रासस)। गोरखा नगरपालिका–१३ स्थित वनदेवी सामुदायिक वन क्षेत्र आसपासमा निजी वनका नाममा जथाभावी सालको रुख कटानी भएको पाइएको छ । स्थानीयवासीले वनमा सालको काठ लुकीछिपी काटेर राखेको अवस्थामा भेटेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । 

काटिएको काठ स्थानीयवासी सुर्दशन शाहीले आफ्नो निजी प्रयोजनका लागि भन्दै काटेर थुपारेर राखेको अवस्था भेटिएको कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख श्रेष्ठले थुपारिएर राखिएको काठ कहाँबाट काटेको भन्ने कुरा अनुसन्धान भइरहेको बताउनुभयो । ‘‘निजी वनको हो कि सामुदायिक वनबाट काठ काटिएको हो भन्ने स्पष्ट भइसकेको छैन,” प्रमुख श्रेष्ठले भन्नुभयो । शाहीले थुपारेर राखेको भनिएको स्थानमा करीब २९ थान (साढे ३१ क्युफिट) काठ फेला परेको अनुसन्धानमा खटिनु भएका रेन्जर बद्री देवकोटाले जानकारी दिनुभयो ।

 शाहीले सामुदायिक वनसंग जोडिएको क्षेत्रमा बिना अनुमति आफ्नो निजी वन भन्दै सालको रुख कटानी गरेको पाइएको हो । उनले घर बनाउनका लागि काठ काटेको भनिएपनि स्थानीयवासीले काठ बिक्री वितरणका लागि काटेको आशङ्का गरेका छन् ।  कानूनमा निजी वन नै भएपनि सालका काठ अनुमति बिना काट्नका लागि प्रतिबन्ध लगाइएको छ । रुख काटिएको क्षेत्रमा अन्य कुकाठका रुखहरु पनि ढलिरहेको अवस्थामा भेटिएको स्थानीयको भनाइ छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह