२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से २७ अंकले बढ्दा ५ अर्ब ८१ करोडको कारोबार

२०७८, २८ बैशाख मंगलवार ०९:५७

वैशाख २८, काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक २७ दशमलव ४७ प्रतिशतले बढेर २६७३ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय २० वटा कम्पनीको १ करोड ८ लाख १९ हजार ५ सय ३५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

व्यापार समूहको परिसूचक ५.७९ प्रतिशतले बढेको छ । त्यसपछि म्यानुफ्याक्चरिङ र अन्य समूहमा सबैभन्दा बढी दरमा वृद्धि भएको छ । अन्य समूहका परिसूचक २.५३ प्रतिशतले बढेको छ म्यानुफ्याक्चरिङ समूहको परिसूचक २.४२ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्सको परिसूचक १ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।


बोटलर्स नेपालको सेयर मूल्य ९१५ रुपैयाँले बढेर १० हजार ६५ रुपैयाँ प्रति कित्ता कायम भएको छ । रु रु जलविद्युत् कम्पनीको सेयर भाउ ९ दशमलव ९७ प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावर, गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्स र समता लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार मूल्य पनि बढेको छ । यस दिन ५ अर्ब ८१ करोड रुपैयाँ सेयर कारोबार भएको छ । ६२ हजार ६५९ पटकको कारोबारमा १ करोड ८ लाख कित्ता सेयर किनबेच भएको छ ।

विशाल बजार कम्पनीको सेयर मूल्य घटेर सर्किट ब्रेकर नै लागेको छ । ५४४ रुपैयाँले घटेर विशाल बजार कम्पनीको सेयर मूल्य ४ हजार ८९७ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने