१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘भालिवाङ जलविद्युत् आयोजना दोस्रो’ सञ्चालनमा

३० बैशाख २०७८, बिहीबार ०७:४४

वैशाख ३०, बलेवा (रासस)। ढोरपाटन नगरपालिका–९ खुँगाका दीर्घलाल गैरेको घरमा अहिले झिलिमिली बत्ती छ । धिपधिप बल्ने बत्ती बालेको लामो समयपछि उहाँको घर भिलिमिली भएको हो । खुँगामा केन्द्रिय प्रसारण लाइन पुगेको छैन । 

स्थानीय तमानखोलाबाट केही वर्षअघि निकालिएको बिजुली गाउँभरि बाँड्दा कहिले बत्ती उज्यालो बल्थ्यो भने कहिले धिपधिप । खुँगामा केही वर्षपहिले ‘भालिवाङ जलविद्युत् आयोजना पहिलो’ सञ्चालन थियो । तीस किलोवाट क्षमताको उक्त आयोजनाले गाउँमा विद्युत् नपुगेपछि अहिले सोही खोलामा भालिवाङ जलविद्युत् आयोजना दोस्रो सञ्चालनमा आएको गैरेले बताउनुभयो । तमानखोलामा निर्माण भएको उक्त आयोजनाले ढोरपाटन–४ खुँगाका गाउँहरु भिलिमिली बनाएको हो ।

“पहिलेको आयोजना निकै टाढाबाट नहर निर्माण गरेर ल्याइएको थियो, बेलाबेलामा समस्या आइरहन्थ्यो”, गैरेले भन्नुभयो, “अहिले ८० मिटरको नहर छ, १०० किलोवाट बिजुली निस्किएको छ ।” आयोजना निर्माणमा रु चार करोडभन्दा बढी लगानी भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक अनुदान, नगरपालिकाअन्र्तगत वडाको बजेट र स्थानीय जनताको जनश्रमदान गरी रु चार करोडभन्दा बढी लगानी लागेको आयोजनाका प्रबन्धकसमेत रहेका गैरेले बताउनुभयो ।

यहाँ उत्पादन भएको विद्युत्ले खुँगाको छोरेगाउँ, सोरबाङ, भालिवाङ र खुँगा गाउँलाई उज्यालो पुगेको छ । पहिलेको आयोजनाले गाउँलाई बिजुली अपुग भएपछि फेरि नयाँ योजना ल्याइएको आयोजनाका अध्यक्ष गणेश थापाले बताउनुभयो । आयोजनाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट पाउनुपर्ने केही रकम भने अझै पाएको छैन । भालिवाङ जलविद्युत् आयोजना निर्माणमा केन्द्रको रु दुई करोड आठ लाख अनुदान सहयोग रहेको छ । वडा कार्यालयबाट रु ९० लाख विनियोजन गरिएको वडाध्यक्ष तिलक पुनले बताउनुभयो । 

खुँगाका ३८८ घरधुरी लाभान्वित हुनेगरी निर्माण गरिएको जलविद्युत् आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताबाट प्रतिघरधुरी रु पाँच हजारका दरले नगद सङ्कलन गरिएको थियो । स्थानीयवासीले श्रमदानसमेत गरेको वडा कार्यालयले जनाएको छ । 

गाउँमा विद्युत् उत्पादन भएपछि स्थानीयस्तरमा चल्ने मिल, फर्निचर उद्योग, टेलिकम टावर, कुखुरा फार्मलगायतका उद्योगहरुका लागि सहज भएको छ । सञ्चारका साधनहरु चलाउन स्थानीयवासीलाई सहज भएको स्थानीय उपभोक्ता वीरसिंह छन्त्यालले बताउनुभयो ।

बागलुङको कर्णाली भनेर चिनिने ढोरपाटनको खुँगा गाउँका स्थानीयवासी अहिले निकै खुसी छन् । बुर्तिबाङ बजारमा यसै वर्ष पुगेको केन्द्रिय प्रसारण लाइन गाउँमा पुग्न केही समय लाग्ने भएकाले भालिवाङ दोस्रो आयोजनाले गर्जो टारेको वडाध्यक्ष पुनले बताउनुभयो ।

“केन्द्रिय प्रसारण लाइनका लागि हामीले पहलकदमी गरेका छौँ, तत्कालको समस्या यो आयोजनाले पूरा गरेको छ”, पुनले भन्नुभयो, “केन्द्रिय प्रसारण लाइनको पहुँच पुग्दा पनि साना आयोजनाको उपयोग गर्ने योजना बनाएका छौं  ”।

पश्चिम बागलुङका ढोरपाटन, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका अधिकांश बस्तीमा स्थानीय खोलामा उत्पादन भएका लघु जलविद्युत् आयोजनाहरुबाटै विद्युत् आपूर्ति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह