१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिइडिबी हाइड्रोको आईपिओ बाँडफाँड, पर्यो कि परेन ? हेर्नुहोस्

३१ बैशाख २०७८, शुक्रबार ०६:०८

वैशाख ३१, काठमाडौं । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट आईपिओ बाँडफाँड गरेको हो ।

आईपिओमा ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएको र योग्य रहेका १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोलाप्रथामा सहभागी गराई गोलाप्रथाबाट २ लाख ३४ हजार १ सय ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।  २ लाख ३४ हजार १ सय ९५ जनाले मध्ये  ४ जनाले भने ११ कित्ता शेयर पाएका छन्  । 

 कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता  आइपीओ निष्काशन गरेको हो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका हुन् । कम्पनीको आईपिओमा १४ लाख ५५ हजार बढी आवेदन हात खाली भएका छन् । 

आईपिओको नतिजा सिडीएसको वेबसाइट https://iporesult.cdsc.com.np/, मेरोशेयर बाट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । 

क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रबर्धित सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड नेपालको प्रचलित कानुन अन्तर्गत मिति २०६६/०८/१५ गतेका दिन नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला का. म. न. पा. वडा नं. ११, त्रिपुरेश्वरमा रहेको छ । हाल यस कम्पनीमा २६५ संस्थापक शेयरधनीहरु रहेका छन् ।

कम्पनीले  कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह