२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अरुण तेस्रोको काम ठप्प

२०७८, १ जेष्ठ शनिबार ०८:१८

भविन कार्की | जेठ १, किमाथाङ्का  | सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । 

सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजनास्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको आयोजनाको काम गर्न सतलज कम्पनी तथा  सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम पुनः सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

बुधबार बिहान साढे ८:०० बजे सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठ्ठु राना घाइते भएका थिए । पावर हाउस निर्माणको जिम्मेवारी पाएको पटेल इन्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदार दिनभर आन्दोलित भएका थिए । 

शव व्यवस्थापनका लागि चन्दा सङ्कलन गर्ने भनेपछि कामदारले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदार आक्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि रु ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताउनुभयो । रामले भन्नुभयो, “बीमाको रकम दिन पनि आयोजनाले सानो रकमबाट पटक–पटक बार्गेनिङ गर्यो । अन्त्यमा आयोजनाले रु ३० लाख दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइ रामले बताउनुभयो । 

भएन विद्युत् गृहस्थलको काम 

चिचिला गाउँपालिकामा निमार्णाधीन उक्त जलविद्युत् आयोजनाको विद्युत् गृहस्थलमा कामदारको मृत्युपछि विद्युत् गृहस्थलमा काम शुरु हुन सकेको छैन । मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै आक्रोशित मजदूरले काम अवरुद्ध गरी स्थानीय कार्यालय, सवारी साधन र निर्माण सामग्रीमा तोडफोड गरेका थिए । काम गर्ने सहज वातावरण नभएको भन्दै सहज परिस्थिति नभएसम्म काम शुरु गर्न नसक्ने सतलज जलविद्युत् निगम (एसजेभिएन) का सिइओ अरुण धिमानले बताउनुभयो । 

नेपाल सरकारले सुरक्षाको प्रत्यभूति गराए मात्र आयोजनाको काम शुरु गर्न सक्ने सिइओ धिमानले जानकारी दिनुभयो  । जुनसुकै घटनामा क्षतिपूर्तिका नाममा ठूलो रकमको माग गर्दै आयोजनामा अवरोेध गर्ने गरिएकाले काम गर्न असहज भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “परियोजना विकास सम्झौता (पिडिए) मा उल्लेख भएभन्दा बाहिरको काम गर्न हामी सक्दैनौँ ।”

कूल रु एक खर्ब ४४ अर्ब लागतमा निर्माण भइरहेको अयोजनाको काम सन् २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिइएको छ । अरुण तेस्रो जलविद्युत् निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन) ले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा विद्युत् गृहस्थलमा निर्माण कार्य भइरहेको छ । विद्युत् गृहस्थल पुखुवामा भारतीय पटेल इन्जिनीरिङ कम्पनीले काम गरिरहेको छ । यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेका आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदूर कार्यरत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने