२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना कहर : योजना छनौटमा अन्यौल

२०७८, २ जेष्ठ आईतवार ०७:४४

तारानाथ आचार्य । जेठ २, बलेवा (रासस)। स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयाबधि एक महिना बाँकी छ । कानुनी रुपमा अगामी असारको १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषदमा टेबल गर्नुपर्छ । नीति तथा कार्यक्रम र बजेटको सयम नजिकिँदै गर्दा कोरोनाको चपेटामा परेका स्थानीयमा अन्यौलता छाएको छ । 

महामारी नभएको भए यतिबेला टोलभेला र छलफलहरू शुरु हुन्थे । कोरोना महामारीका कारण जिल्लाभर भएको निशेधाज्ञाले मानिस जम्मा भएर छलफल गर्ने छुट छैन् । सङ्घीय सरकारले बजेटको सिलिङ पठाइसकेको भएपनि कार्यपालिका बैठक बस्ने अवस्था नरहेको जिल्लाको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।

पहिले कार्यपालिकाको बैठक बसेपछि बैठकको निर्णयका आधारमा टोल भेला गरेर गाउँपालिकाले योजनाहरूको छनौट गर्ने गरेको थियो । नगरपालिकाको पनि प्रक्रिया त्यही हो । “समय त छ तर महामारीको रुप हेर्दा तोकिएको समयमा बजेट ल्याउन पहिलेको प्रक्रियाले थालनी गरेर सम्भव छैन्’ बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले भन्नुभयो “विकल्पबारे छलफल हुँदैछ, बजेट ल्याउनु नै पर्छ ।”

टोल भेला, वडा परिषदहुँदै बिषयगत समितिमा आउने योजनाको छनौट सर्वसाधारणकै सक्रियतामा गर्दा प्रभावकारी हुने बुझेका यहाँका स्थानीय तहलाई यस पटक महामारीको चुनौती छ । “बैठकहरू समेत बस्ने अवस्था छैन, हामी सबै तयारीमा थियौं’ उहाँ भन्नुहुन्छ ‘अब प्रबिधिको प्रयोग गर्नुको विकल्प छैन ।” 

जिल्लाको बरेङ गाउँपालिकाले टोल भेला गर्ने योजना बनाइ सकेको थियो । वडालाई तयार रहन कार्यपालिकाले निर्णय गर्नेगरी तयारी हुँदै गर्दा बरेङमा पनि महामारी पस्यो । “बजेटको सिलिङ आउने बेला भयो भनेर हामीले तयारी थालेका थियौं तर महामारीले सबैलाई घर भित्र थुन्नु परेको छ ”गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा भन्नुहुन्छ् “कार्यपालिकामा नीति कार्यक्रमको पूर्व छलफल समेत हुन पाएको छैन् ।”

भर्चुअल माध्यामबाट वडाहरूमा बजेटको सिलिङ पठाएर योजना माग गर्ने र बजेट बनाउने योजनामा यहाँका स्थानीय तह छन् । बैठकहरू भर्चुअल माध्यामबाट गर्नेगरी छलफल थालेको काठेखोलाका अध्यक्ष अमर थापा बताउनुहुन्छ । निशेधाज्ञाको समयमा समेत पूर्वाधार निर्माण र विकासका अन्य गतिविधिलाई नरोकेका स्थानीय तहले नीति कार्यक्रम र बजेट निर्माणमा चुनौतीको सामना गर्नुपर्ने भएको हो ।

“पूर्व समिक्षा नगरि कसरी नयाँ कार्यक्रम बनाउन सकिएला” नगरप्रमुख पौडेल भन्नुहुन्छ “हामीले पहिले पिधिको टुंगो लगाउँछौं ।”चालु वर्षको नीति कार्यक्रम र बजेटलाई कोभिड नियन्त्रणमा केन्द्रित गरेका स्थानीय तहका लागि आउँदो वर्षका लागि समेत कोभिडनै केन्द्रमा राख्ने चुनौती छ । उत्पादन र रोजगारी वृद्धिका कार्यक्रम समाबेश हुने पालिका प्रमुखहरू बताउँछन् । 

गत बर्ष कोभिडका कारणले टोल टोलमा भएका छलफलहरूमा स्वास्थ्यका पूर्वाधार प्रमुख योजना बनेका थिए । यस पटक भने टोलस्तरमा हुने छलफल नहुने भएकाले प्रबिधिको प्रयोग गरेर सुझाव मागिने अध्यक्ष थापाले बताउनुभयो । बागलुङका सबै स्थानीय तहमा कोरोना महामारीको दोस्रो लहर फैलिएकाले पालिका मुकामको तुलनामा गाउँ बस्तिहरू बढी प्रभावित छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने