२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखराको भलाममा ‘एक घर, एक धारा’ अभियान

२०७८, २ जेष्ठ आईतवार ०७:५५

हरि बाँस्तोला । जेठ २, गण्डकी (रासस) । विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पोखरा महानगरपालिका–२० भलामस्थित खोर, लाकुरे, सैनिक बस्ती, खोरिया भण्डारी गाउँ, भलाम फाँट चालिसेका घरघरमा पानीका धारा आउने भएपछि स्थानीयवासी खुशी छन् ।

गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत रु ९० लाख ७० हजारको लागतमा निर्माण गरिने इक्राधारी बिचारी खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै यहाँका स्थानीयवासीको लामो समयदेखिको चाहना पूरा हुने भएको हो ।

विश्वव्यापी पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीमा निर्माण कार्यले निरन्तरता पाएसँगै हाल योजना अन्तिम चरणमा आइपुगेको चित्राघारी बिचारी खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । 

उहाँका अनुसार बस्तीभन्दा इक्राघारी बिचारी पानी भलाम खोलाको मुहान एक हजार ७०० मिटर टाढा जङ्गलको स्रोतबाट दुई इन्चको पाइपमार्पmत ल्याइएको पानी जुकेपानी खोरस्थित निर्मित ५० हजार क्षमताको पानी ट्याङ्कीमा सङ्कलन गरिएको छ । उक्त ट्याङ्कीबाट भण्डारी टोलमा ३० हजार र खोरमा ३० हजार लिटर क्षमताका छुट्टाछुट्टै दुईवटा ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताको घरघरमा पानी वितरण गर्ने अन्तिम तयारी छ । 

“कोरोना कहरका बाबजुद २०७६ जेठमा शुरु गरेको योजनाको काम कुनै दिन पनि रोकिएन”, उहाँले भन्नुभयो, “एक वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने यस आयोजनाबाट खोरलगायत ९५ घरका लगभग ५०० परिवारलाई शुद्ध खानेपानीको सुविधा पुग्नेछ ।”

स्रोतबाट सङ्कलन गर्ने तीनवटै ट्याङ्कीमा पानी झरिसकेको छ । योजनाको सम्झौताअनुसार वितरण लाइन विस्तारका लागि जनसहभागिता परिचालन गरिने कार्यक्रमअन्तर्गत यतिखेर पाइप विस्तारको काम भइरहेको छ ।

तीन हजारभन्दा बढी मिटर लम्बाइमा वितरण पाइप विस्तारको काम तीव्र गतिमा भइरहेको छ । तोकिएकै समयमा योजना निर्माण सम्पन्न भई स्थानीय बासिन्दाले खानेपानीको सुविधा पाउनेछन्”, उहाँले भन्नुभयो, “जङ्गल बीचको पानी आगामी असार महिनासम्म घरघरमा जडान गरिएका धाराबाट झर्ने लक्ष्य रहेकामा कोरोनाको दोस्रो भेरियन्टका कारण भएको बन्दाबन्दीले ढिलो हुने हो की भन्ने चिन्ता बढेको छ ।”

नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लबद्वारा विगत झण्डै चार दशकअघि निर्माण गरिएको योजनाबाट टोलटोलमा सामूहिक धारा जडान गरी खानेपानीको व्यवस्था गरिएको भए पनि जीर्ण पाइप र तीव्ररुपमा भएको वस्ती विकासका कारण पानीको अभाव भएका कारण नयाँ योजनाको माग गरिएको समितिका सचिव प्रजापति पाण्डे बताउनुहुन्छ । 

करीब सात घरको बीचमा निर्माण गरिएको सानो ट्याङ्कीबाट पाइप विस्तार गरेर अस्थायीरुपमा घरमा पानी लगेपछि कतिपयले भने गाग्री डोकोमा राखेर बोकेर लगी निर्माण गर्दै आएको जनाउँदै उहाँले बर्सातको समयमा पानी प्रशस्त भए पनि फागुन, चैत र वैशाख लगभग तीन महिना भने पानीको स्रोत कम हुने गरेको बताउनुभयो । 

उपभोक्ता समितिका कोषाध्यक्ष्य माया जिसीले योजना सम्पन्न भएसँगै प्रत्येक घरमा धाराको मिटर जडानसहितको सम्पूर्ण निर्माण कार्य खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाले गर्ने योजनाअनुसार काम भइरहेको बताउनुभयो । प्राकृतिक थुम्की निर्माण सेवाले जिम्मा लिएको सो योजनाबाट कूल १२० सम्म धारा जडान गरी सञ्चालन गर्ने क्षमता छ ।

योजना सम्पन्न भएसँगै खानेपानी वितरणलाई व्यवस्थित गर्नका लागि कार्यालय भवनसमेत निर्माण गरिएको छ । भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासी जसुका पौडेलले निःशुल्क उपलब्ध गराउनुभएको हो । भवन परिसरमा परम्परागत रुपमा उपयोग गरिएको तोरी पेल्ने कोलु, कुटानीपिसानीका साधन ढिकी र जाँतोसमेत स्थापना गरी संरक्षणका साथै प्रदर्शन गर्ने योजना रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

पोखरा–२० का वडाध्यक्ष सिम गुरुङका अनुसार वडाले खानेपानीका लागि पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।  इक्राघारी बिचारी खानेपानी योजना सम्पन्न भएसँगै सो क्षेत्रका बासिन्दालाई शुद्ध खानेपानीको सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले विगतमा पानीको व्यवस्थापन गर्नका लागि शुरु गरिएका विभिन्न तीनवटा योजनालाई मर्ज गरेर प्रदेश सरकारको योजनामा पारिएको सो योजनाबाट खानेपानीको चरम अभाव रहेको सो बस्तीमा पानीको सुविधा पुगेको छ । भलामको ¥यालेचौरको केही टोलमा पनि स्रोत पहिचान गरी खानेपानीको व्यवस्था गर्ने योजना रहेको उहाँको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने