२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगारी गुम्यो : महिला भन्छन्, तरकारी के पकाउनु ?

२०७८, ३ जेष्ठ सोमबार ०५:१०

दुर्गा देवकोटा । जेठ ३, टीकापुर (रासस)। कैलालीको जानकी–६ की रूपा विकलाई साँझबिहानको समयमा सधैँ तरकारी के पकाउने भन्ने पिर रहन्छ । ज्यालादारी काम गर्ने रूपाको काम गुमेको एक महिना पुग्न थालेको छ । ज्यालादारी गर्न नपाएपछि उहाँको भान्सामा तरकारीसमेत राम्रो पाकेको छैन । दिनभरी ज्याला मजदुरी गरेर घर चलाउने उहाँको दम्पती नै बेरोजगार बनेको छ । 

कोरोना महामारीको डरले न उनीहरु काममा जान सकेका छन् न उनीहरुलाई काम दिनेहरुले नै काममा बोलाएका छन् । “श्रीमान् छोराछोरीसँग खेल्छन्, चिन्ता नगर भन्छन् तर मलाई भान्सामा पकाउने तरकारी नहुँदा तनाव हुन्छ”, रूपाले भन्नुभयो, “लकडाउन हुँदैछ भनेपछि किनेर राखेको चामल पनि सकिन थालेको छ । छोराछोरीको विद्यालय बन्द भएपछि उनीहरु पनि घरमै छन् । विगतभन्दा अहिले घरमा दिनमा चार पटक खानेकुरा पाक्छ । आर्थिक समस्या भएकाले तरकारी, दाल सकिएको छ । के पकाउनु भन्ने चिन्ता बढेको छ ।”

जानकी–४ की तेतरानी चौधरीको घरमा त अन्न पनि सकिन थालेको छ । एकल महिला तेतरानीका चार सन्तान छन् । सबै खाउँखाउँ र लाउँलाउँ उमेरका छन् । घर निर्माण कार्यमा सहयोगीको काम गर्ने तेतरानीको समेत काम बन्द भएको छ । निर्माण व्यवसायीले लकडाउनपछि सङ्क्रमणको जोखिम बढ्यो भन्दै काम बन्द गरेपछि तेतरानीको चुल्हो बल्ने अवस्था छैन । “शुरुका केही दिन छिमेकीसँग सापटी मागेर खाइयो, जिल्ला प्रशासन कार्यालय कैलालीले एक सातामात्रै बन्द गर्छ होला जस्तो लागेको थियो तर लकडाउन लम्बिँदै गयो”, तेतरानी भन्नुहुन्छ, “भोक लाग्छ, केटाकेटी खान खोज्छन्, यस्तै रहे के खाने भन्ने चिन्ता बढेको छ । कसैले काम दिएको भए म त काममा फर्कन्थेँ ।”

टीकापुर–८ की धौली साउदको परिवार कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएपछि स्वदेश फर्किएको छ । भारतमा महामारी फैलिएपछि रोजगारी गुम्दा उहाँको परिवार स्वदेश फर्किएको हो । भारतमा रहेका नेपालीले यातायात खर्च सहयोग गरेर स्वदेश फर्किएको धौलीको परिवारलाई यहाँ छाक टार्न समस्या भएको छ । “नेपाल फर्किएपछि छिमेकीले चामल सहयोग गरे, बस्नलाई घरमात्र छ तर तरकारी खाने बारी छैन”, साउदले भन्नुभयो, “किसानको तरकारी बारीमै सडेका खबर आउँछन्, त्यसरी बजार नपाएको, सडिरहेको तरकारी हामीलाई उपलब्ध गराइदिए छाक टार्न सजिलो हुन्थ्यो । हाम्रो नि भोक मेटिन्थ्यो ।”

महिला अधिकारकर्मी निर्मला कडायत भान्सा व्यवस्थापनको जिम्मेवारी बढी महिलाले लिने भएकाले परिवारको पेट कसरी भर्ने ? भन्ने चिन्ता महिलालाई हुनु स्वाभाविक भएको बताउनुहुन्छ । “आर्थिक सङ्कटका बेला परिवारका सदस्यहरु पनि मितव्ययी भइदिनुपर्छ, अनावश्यक माग गर्नु हुँदैन”, कडायत भन्नुहुन्छ, “अति समस्यामा रहेका परिवारलाई स्थानीय सरकारले हेर्न आवश्यक छ ।”

यो महामारीको समयमा अधिकांशको रोजगारी गुमेकाले समस्या निम्तिएको छ । रोजगारी गुमेका, व्यवसायी तथा कर्मचारी पनि लकडाउन भएका कारण घरमै बसिरहेका छन् । दैनिक काममा जानेहरु घरमै बस्दा सामान्य समस्या भइहाल्छ । यस्तो समस्याका बेला छिमेकी एकअर्काको सहयोगी बन्न आवश्यक छ । टीकापुर बहुमुखी क्याम्पसका समाजशास्त्र विषयका प्राध्यापक शिवचरण चौधरी कतिपय किसानले बारीमा तरकारी सडेर गाइवस्तुलाई खुवाउन थालेकाले नभएकाहरुलाई सहयोग गर्न आग्रह गर्नुहुन्छ । “घरमै मानिस बोलाउने कुरा भएन तर आफूसँग भएको तरकारी, अन्न छिमेकीलाई घरबाहिरै राखिदिएर, पुर्याइदिएर सहयोग गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ, “मानिस सहयोगी बनौँ, विपत्तिमा सहयोगी हातहरु बढेमा बाँच्न हौसला मिल्छ । बाँच्नका लागि सबै काम बन्द भएकाले यतिखेर बाँच्ने उपाय खोजौँ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने