१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगारी गुम्यो : महिला भन्छन्, तरकारी के पकाउनु ?

३ जेष्ठ २०७८, सोमबार ०५:१०

दुर्गा देवकोटा । जेठ ३, टीकापुर (रासस)। कैलालीको जानकी–६ की रूपा विकलाई साँझबिहानको समयमा सधैँ तरकारी के पकाउने भन्ने पिर रहन्छ । ज्यालादारी काम गर्ने रूपाको काम गुमेको एक महिना पुग्न थालेको छ । ज्यालादारी गर्न नपाएपछि उहाँको भान्सामा तरकारीसमेत राम्रो पाकेको छैन । दिनभरी ज्याला मजदुरी गरेर घर चलाउने उहाँको दम्पती नै बेरोजगार बनेको छ । 

कोरोना महामारीको डरले न उनीहरु काममा जान सकेका छन् न उनीहरुलाई काम दिनेहरुले नै काममा बोलाएका छन् । “श्रीमान् छोराछोरीसँग खेल्छन्, चिन्ता नगर भन्छन् तर मलाई भान्सामा पकाउने तरकारी नहुँदा तनाव हुन्छ”, रूपाले भन्नुभयो, “लकडाउन हुँदैछ भनेपछि किनेर राखेको चामल पनि सकिन थालेको छ । छोराछोरीको विद्यालय बन्द भएपछि उनीहरु पनि घरमै छन् । विगतभन्दा अहिले घरमा दिनमा चार पटक खानेकुरा पाक्छ । आर्थिक समस्या भएकाले तरकारी, दाल सकिएको छ । के पकाउनु भन्ने चिन्ता बढेको छ ।”

जानकी–४ की तेतरानी चौधरीको घरमा त अन्न पनि सकिन थालेको छ । एकल महिला तेतरानीका चार सन्तान छन् । सबै खाउँखाउँ र लाउँलाउँ उमेरका छन् । घर निर्माण कार्यमा सहयोगीको काम गर्ने तेतरानीको समेत काम बन्द भएको छ । निर्माण व्यवसायीले लकडाउनपछि सङ्क्रमणको जोखिम बढ्यो भन्दै काम बन्द गरेपछि तेतरानीको चुल्हो बल्ने अवस्था छैन । “शुरुका केही दिन छिमेकीसँग सापटी मागेर खाइयो, जिल्ला प्रशासन कार्यालय कैलालीले एक सातामात्रै बन्द गर्छ होला जस्तो लागेको थियो तर लकडाउन लम्बिँदै गयो”, तेतरानी भन्नुहुन्छ, “भोक लाग्छ, केटाकेटी खान खोज्छन्, यस्तै रहे के खाने भन्ने चिन्ता बढेको छ । कसैले काम दिएको भए म त काममा फर्कन्थेँ ।”

टीकापुर–८ की धौली साउदको परिवार कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएपछि स्वदेश फर्किएको छ । भारतमा महामारी फैलिएपछि रोजगारी गुम्दा उहाँको परिवार स्वदेश फर्किएको हो । भारतमा रहेका नेपालीले यातायात खर्च सहयोग गरेर स्वदेश फर्किएको धौलीको परिवारलाई यहाँ छाक टार्न समस्या भएको छ । “नेपाल फर्किएपछि छिमेकीले चामल सहयोग गरे, बस्नलाई घरमात्र छ तर तरकारी खाने बारी छैन”, साउदले भन्नुभयो, “किसानको तरकारी बारीमै सडेका खबर आउँछन्, त्यसरी बजार नपाएको, सडिरहेको तरकारी हामीलाई उपलब्ध गराइदिए छाक टार्न सजिलो हुन्थ्यो । हाम्रो नि भोक मेटिन्थ्यो ।”

महिला अधिकारकर्मी निर्मला कडायत भान्सा व्यवस्थापनको जिम्मेवारी बढी महिलाले लिने भएकाले परिवारको पेट कसरी भर्ने ? भन्ने चिन्ता महिलालाई हुनु स्वाभाविक भएको बताउनुहुन्छ । “आर्थिक सङ्कटका बेला परिवारका सदस्यहरु पनि मितव्ययी भइदिनुपर्छ, अनावश्यक माग गर्नु हुँदैन”, कडायत भन्नुहुन्छ, “अति समस्यामा रहेका परिवारलाई स्थानीय सरकारले हेर्न आवश्यक छ ।”

यो महामारीको समयमा अधिकांशको रोजगारी गुमेकाले समस्या निम्तिएको छ । रोजगारी गुमेका, व्यवसायी तथा कर्मचारी पनि लकडाउन भएका कारण घरमै बसिरहेका छन् । दैनिक काममा जानेहरु घरमै बस्दा सामान्य समस्या भइहाल्छ । यस्तो समस्याका बेला छिमेकी एकअर्काको सहयोगी बन्न आवश्यक छ । टीकापुर बहुमुखी क्याम्पसका समाजशास्त्र विषयका प्राध्यापक शिवचरण चौधरी कतिपय किसानले बारीमा तरकारी सडेर गाइवस्तुलाई खुवाउन थालेकाले नभएकाहरुलाई सहयोग गर्न आग्रह गर्नुहुन्छ । “घरमै मानिस बोलाउने कुरा भएन तर आफूसँग भएको तरकारी, अन्न छिमेकीलाई घरबाहिरै राखिदिएर, पुर्याइदिएर सहयोग गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ, “मानिस सहयोगी बनौँ, विपत्तिमा सहयोगी हातहरु बढेमा बाँच्न हौसला मिल्छ । बाँच्नका लागि सबै काम बन्द भएकाले यतिखेर बाँच्ने उपाय खोजौँ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड