२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कतार र चीनको ग्वान्जाउमा हप्तामा एक पटक उडान गर्ने मन्त्रिपरिषद्को निर्णय

२०७८, ४ जेष्ठ मंगलवार ०७:०९

जेठ ४, काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतार र चीनमा हप्ताको एक पटक उडान गर्ने निर्णय गरेको हो ।

कतारमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान गर्दै आएको छ । चीनको ग्वान्जाउमा भने चार्टर्ड उडान मात्रै हुँदै आएको छ । सातामा एक–एक उडान गर्नगरी खुला गरिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द भइरहेका बेला सरकारले स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि उडान खुला गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले बताए । सरकारले आवश्यकता हेरी अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउँदै लैजाने उनको भनाइ छ ।

निषेधाज्ञापछि आज सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान

निषेधाज्ञापछि आज सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान हुँदैछन्। त्रिभुवन विमानस्थलका अनुसार कार्गो र यात्रुवाहक चार्टर्ड उडानसहित ११ उडान हुँदैछन्। मंगलबार सबैभन्दा धेरै उडान हिमालय एयरलाइन्सले गर्दैछ। बिहानै चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाजले साउदी अरबको दमाममा ३ उडान गर्दैछ। त्योसँगै चीनको कुनमिङमै थप दुई उडान गर्नेछ।

त्यसैगरी नेपाल एयरलाइन्सले पनि ४ उडान गर्दै छ। दुई उडान चीनको बेइजिङमा र दुई उडान साउदी अरबको दमाममा गर्दैछ। हिमालय र नेपाल एयरलाइन्सले काठमाडौंबाट साउदी अरबमा भारतीय नागरिक बोकेर जान लागेका हुन्।

नेपालस्थित भारतीय दूतावासको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सलाई १० वटा चार्टर्ड उडान अनुमति दिएको छ। जसले नेपालमा रहेका करिब २ हजार भारतीयलाई साउदी अरब लैजानेछन्। हिमालयले ३ उडान अनुमति पाएको छ भने नेपाल एयरलाइन्सले ७ वटा उडान अनुमति पाएको छ।

त्यसबाहेक आजै रसियन एयरलाइन्सले मस्को–काठमाडौं उडान गरी रसियन नागरिक काठमाडौंबाट लगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने