२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सगरमाथा इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर वितरण गर्ने

२०७८, ५ जेष्ठ बुधबार ०६:३८

जेठ ५, काठमाडौं। सगरमाथा इन्स्योरेन्स कम्पनीले ११ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीको मंगलबार सवा ३ बजे बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो।

बोनस सेयरमा लाग्ने कर बापत ०.५७ प्रतिशत नगद लाभांश दिने भएको छ। प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत हुन बाँकी छ। कम्पनीले अघिल्लो वर्ष लाभांश दिएको थिएन। त्यसअघिको वर्ष भने ८६ प्रतिशत बोनस सेयर दिएको थियो। कम्पनीले १२९ प्रतिशतसम्म लाभांश वितरण गरेको छ। लाभांश वितरण गरेको वर्षमध्ये सबैभन्दा कम यसपाली दिएको हो। १० वर्षयता दुई पटक कम्पनीले लाभांश दिएको थिएन।

कम्पनीले चालु वर्षको चैत मसान्तसम्म २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो चैतमा नाफा १७ करोड ४१ लाख रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ। अब ११ करोडले पुँजी थपिने छ। जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने