२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमालय एयरलाइन्सले भन्यो ‘भारतीय यात्रुबाट बढी भाडा लिएका छैनौं’

२०७८, ६ जेष्ठ बिहीबार ०६:०९

जेठ ६, काठमाडौँ (रासस) । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ ।

नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीले अत्यधिक अतिरिक्त रकम लिएको विभिन्न सञ्चारमाध्यममा आए पनि एयरलाइन्सले विज्ञप्ति निकालेर भारतीय यात्रुलाई बढी भाडा नलिएको स्पष्ट पारेको हो ।

नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई सात र हिमालय एयरलाइन्सलाई तीन उडान गर्ने गरी अनुमति दिएको थियो । उक्त सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र हिमालय एयरलाइन्सलाई उल्लेख गरी केही अनलाइनलगायत मिडियामा आएको समाचारप्रति एयरलाइन्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हिमालयले साउदी अरेबिया उडान अनुमति पाएअनुसार एअरलाइन्स उद्योगको विश्वव्यापी टिकट वितरण प्रणाली (ग्लोबल डिस्ट्रिब्युशन सिस्टम)मार्फत यात्रीलाई अत्यन्त सहज होस् र एजेन्सी सेवामा समेत प्रतिस्पर्धा होस् भनी अन्तर्राष्ट्यि हवाई उद्योग सङ्घ (आएटा) मा दर्ता भएका कुनै पनि स्थानीय ट्राभल एजेन्सीले टिकट बिक्री गर्न सकिने तथा यात्रीले आफूलाई अनुकूल हुने ट्राभल एजेन्सीसँग टिकट किन्न सकिने बन्दोबस्त गरिएको व्यहोरा कम्पनीले जनाएको छ ।

विश्वव्यापी टिकट वितरण प्रणालीमार्फत सबै टिकट बिक्री भएको तथा भाडादर पनि उक्त प्रणालीको माध्यमबाट सबै एजेन्सीको पहँुचमा भएको जनाउँदै एयरलाइन्सले यस प्रणालीका माध्यमबाट पारदर्शी र प्रतिस्पर्धीरूपमा यात्रीले सेवाको गुणस्तर तथा सेवा शुल्कको सवालमा लाभ प्राप्त गर्ने दाबी गरेको छ ।

उक्त उडानले एकतर्फी यात्री बोक्नुपर्ने अर्थात् फर्किँदा विमान खाली ल्याउनुपर्ने भएकाले ती उडानमा नियमित उडानभन्दा अनुपातीय हिसाबले बढी भाडा लाग्नु स्वाभाविक रहेको पनि एयरलाइन्सको ठहर छ । यदि कुनै एजेन्सीले कोही पनि यात्रीसँग अवान्छनीय ढङ्गले अत्यधिक शुल्क लिएको प्रमाण पेश हुन आएमा एयरलाइन्सले आवश्यक कारवाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिश गर्ने प्रतिबद्धता पनि जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने