१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमालय एयरलाइन्सले भन्यो ‘भारतीय यात्रुबाट बढी भाडा लिएका छैनौं’

६ जेष्ठ २०७८, बिहीबार ०६:०९

जेठ ६, काठमाडौँ (रासस) । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ ।

नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीले अत्यधिक अतिरिक्त रकम लिएको विभिन्न सञ्चारमाध्यममा आए पनि एयरलाइन्सले विज्ञप्ति निकालेर भारतीय यात्रुलाई बढी भाडा नलिएको स्पष्ट पारेको हो ।

नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई सात र हिमालय एयरलाइन्सलाई तीन उडान गर्ने गरी अनुमति दिएको थियो । उक्त सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र हिमालय एयरलाइन्सलाई उल्लेख गरी केही अनलाइनलगायत मिडियामा आएको समाचारप्रति एयरलाइन्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हिमालयले साउदी अरेबिया उडान अनुमति पाएअनुसार एअरलाइन्स उद्योगको विश्वव्यापी टिकट वितरण प्रणाली (ग्लोबल डिस्ट्रिब्युशन सिस्टम)मार्फत यात्रीलाई अत्यन्त सहज होस् र एजेन्सी सेवामा समेत प्रतिस्पर्धा होस् भनी अन्तर्राष्ट्यि हवाई उद्योग सङ्घ (आएटा) मा दर्ता भएका कुनै पनि स्थानीय ट्राभल एजेन्सीले टिकट बिक्री गर्न सकिने तथा यात्रीले आफूलाई अनुकूल हुने ट्राभल एजेन्सीसँग टिकट किन्न सकिने बन्दोबस्त गरिएको व्यहोरा कम्पनीले जनाएको छ ।

विश्वव्यापी टिकट वितरण प्रणालीमार्फत सबै टिकट बिक्री भएको तथा भाडादर पनि उक्त प्रणालीको माध्यमबाट सबै एजेन्सीको पहँुचमा भएको जनाउँदै एयरलाइन्सले यस प्रणालीका माध्यमबाट पारदर्शी र प्रतिस्पर्धीरूपमा यात्रीले सेवाको गुणस्तर तथा सेवा शुल्कको सवालमा लाभ प्राप्त गर्ने दाबी गरेको छ ।

उक्त उडानले एकतर्फी यात्री बोक्नुपर्ने अर्थात् फर्किँदा विमान खाली ल्याउनुपर्ने भएकाले ती उडानमा नियमित उडानभन्दा अनुपातीय हिसाबले बढी भाडा लाग्नु स्वाभाविक रहेको पनि एयरलाइन्सको ठहर छ । यदि कुनै एजेन्सीले कोही पनि यात्रीसँग अवान्छनीय ढङ्गले अत्यधिक शुल्क लिएको प्रमाण पेश हुन आएमा एयरलाइन्सले आवश्यक कारवाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिश गर्ने प्रतिबद्धता पनि जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह