८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता

८ जेष्ठ २०७८, शनिबार ०६:५०

जेठ ८, मकवानपुर | उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ ।

सो अक्सिजन प्लान्ट स्थापना गर्ने क्रममा मकवानपुर उद्योग सङ्घका तर्फबाट अध्यक्ष लेखराज पोखरेल र हेटौँडा अस्पतालको व्यवस्थापन पक्षसँग अस्पतालका अध्यक्ष राजेश प्रसाईंबीच सम्झौता भएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो ।

हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योगका उद्योगपतिको निजी लगानी रु एक करोड २८ को लागतमा अक्सिजन प्लान्ट बाहिरी देशबाट झिकाई एक महिनाभित्रै अस्पतालमा जडान गर्नेतर्फ पहल भइरहेको उद्योग सङ्घका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यही जेठ ११ गते अस्पताल र उद्योग सङ्घका बीचमा छलफल गरी बाह्य कुन मुलुकबाट अक्सिजन प्लान्ट खरीद गर्ने भन्ने विषयमा टुङ्गो लागेर खरीद गरी ल्याइने छ ।

त्यसैगरी उक्त अक्सिजन प्लान्ट हेटौँडा अस्पतालमा स्थापना गरी सबै वार्डमा पाइपमार्फत जडान गरी बिरामीलाई अक्सिजनको व्यवस्था गराउने तयारी भइरहेको पनि अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो ।

वाग्मती प्रदेशका सिन्धुली, भक्तपुर, काभ्रे र धादिङ तथा नुवाकोटका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट विनियोजित भई ती अस्पतालमा अहिले अक्सिजन प्लान्ट ल्याउने कार्य भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशका १३ वटै जिल्ला अस्पताललाई कोभिड सङ्क्रमणका बिरामीको उपचार सेवालाई प्रभावकारी तुल्याउने उद्देश्यले प्रदेश सरकारले ती अस्पताललाई भेन्टिलेटर, आइसियु कक्ष, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउँदै आएको तथा नपुग जनशक्तिलाई पनि अनुगमन टोलीको सिफारिसअनुसार दरबन्दी थप गरिँदै आएको प्रवक्ता सेढाईंले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?