२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लाङटाङ खोला जलविद्युत् आयोजना शुभारम्भ

२०७८, ११ जेष्ठ मंगलवार ०७:३९

जेठ ११, रसुवा (रासस)। लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको शुभारम्भ भएको छ । लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याप्रू पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पुर्याई २० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुभारम्भ भएको हो ।

रू चार अर्ब पाँच करोडको लागतमा निर्माण सम्पन्न गर्न मल्टी एनर्जी हाइड्रोपावर कम्पनीमार्फत सोमबारदेखि  निर्माण शुरूभएको लाङ्टाङ खोला जलविद्युत् आयोजना अर्ध भूमिगतको संरचना बन्ने र ३० महिनाभित्र निर्माण सम्पन्न गरिने लक्ष राखिएको उक्त कम्पनी सञ्चालक समितिका सदस्य कर्नेल तामाङले जानकारी दिनुभयो । तीन दशमलव दुई मिटर साईजको व्यास रहने तीन किलोमिटर सुरूङको सहायताले स्याफ्रूबेँसीस्थित रसुवाको पूरानो सदरमुकामदेखि दक्षिण समथर क्षेत्रमा लगिने पानीबाट विद्युत्  उत्पादन गरिने बताइन्छ । विद्युत्गृह भने बाहिरी सतहमा रहने छ ।

लाङ्टाङ खोलामा ३० मिटर लम्वाई र ३० मिटर चौंढाइँ भएको बाँध बाँधिने र सुरूङको सहायताले  प्रतिसेकेन १२ घनमिटर पानी विद्युत् गृहमा पुग्नेछ । विद्युत् उत्पादनका लागि दुई वटा पेल्टन टरवाइन जडान हुने निमित्त आयोजना प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमित समय भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्णरूपमा पालना गर्दै प्रमुख जिल्ला अधिकारी, स्थानीय गाउँपालिका प्रमुख, वडाअध्यक्ष, नेपाली कांग्रेसका सभापति, नेकपा एमालेका अध्यक्ष, लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा सुरक्षा निकायका प्रमुखसमेतको रोहवरमा विस्फोटक पदार्थको सहायताले सुरूङ खन्ने स्थानको पहिलो ढुङ्गा फुटाली आयोजना निर्माणको शुभारम्भ गरिएको सञ्चालक समितिका सदस्य  तामाङले बताउनुभयो ।

रसुवा जिल्लामा थुप्रै जलविद्युत् आयोजना सञ्चालनमा आए पनि लाङ्टाङ निकुञ्जको संरक्षित क्षेत्रभित्रको  भू–भागमा यो पहिलो आयोजना भएको स्थानीय बासिन्दाले बताएका छन् । देशको ऊर्जा सङ्कट समाधान गर्न रसुवामा निर्माणाधिन जलविद्युत् आयोजनालाई आवश्यक सुरक्षा प्रदान गर्न र स्थानीय प्रशासनको क्षेत्रबाट गर्नुपर्ने सहयोग प्रदान गर्न आफू तयार रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो ।

यस्तै रसुवा जिल्लामा हालसम्म अन्य छ जलविद्युत् आयोजना सञ्चालित रहेका छन् । उत्तरी क्षेत्रमा १११ मेगावाट रसुवागढी, १४ दशमलव ३ माथिल्लो साञ्जेन, ४२ दशमलव ८ तल्लो साञ्जेन, १२० मेगावाट भोटेकाशी, ६ मेगावाट सुपर मैलुङ  र दक्षिणी भेकमा १४ मेगावाट फलाखुखोला रहेका छन् ।

रसुवामा सबैभन्दा ठुलो २१६ मेगावाट अपर त्रिशूली वान नामक जलविद्युत् आयोजना भने निर्माण अगाडि बढाउने तरखरमा पुगेको छ । रसुवाको जल सम्पदाको उपयोग गर्दै पहिलो चरणमा २२ मेगावाट क्षमताको चिलिमे, दोश्रोमा छ मेगावाट मैलुङ र तेश्रोमा ६० मेगावाट क्षमताको अपर त्रिशूली थ्रिएले उत्पादन दिइरहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो । विद्युत्  विकासको सम्भावना छ भनी रसुवालाई विद्युत् जिल्लाको रूपमा परिचित गराउने पहिलो उत्पादक कम्पनी  चिलिमे रहेको समेत अध्यक्ष  तामाङले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने