१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र निष्कासन, वैदेशिक रोजगारी गएकाले खरिद गर्न सक्ने

१२ जेष्ठ २०७८, बुधबार ०५:३९

जेठ १२, काठमाडौँ । वैदेशिक रोजगारमा रहेकालाई लक्षित गरेर राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार राति सो बचतपत्र जारी गर्दै ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो ।

पाँच वर्ष अवधिको बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ । यो व्याजदर राष्ट्र बैंकले दिइरहेको अन्य बचतपत्रको भन्दा धेरै ब्याज हो । साथै अन्य बैंक तथा वित्तीय संस्थाले दिइरहेको ब्याजभन्दा पनि बढी नै हो ।

यो बचतपत्रको अर्को राम्रो पक्ष भनेको ब्याज आम्दानी वापतको सरकारलाई कर तिर्नु ५ प्रतिशत कर तिर्नु पर्दैन । यो बचत पत्र नेपाल बाहिर रोजगारीमा संलग्न भएका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवसीय नेपालका परिवारले खरिद गर्न सक्ने छन् ।

रोजगारीमा गएका आफन्त, बुबा, आमा, श्रीमान, श्रीमति, छोरा र छोरीले खरिद गर्न सक्ने छन् । यो बचतपत्र खरिद गर्नेले कम्तीमा १० हजार रुपैयाँ बराबरको किन्नु पर्नेछ । र, यसको ब्याज राष्ट्र बैंकले प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ । यो बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन पाइने छ ।

बचतपत्र विक्री खुला जेठ १३ गते हुनेछ भने बन्द असार ३ गते हुनेछ । साथै ६ महिनामा प्राप्त हुने ब्याज बचत खरिदकर्ता आफै वा इच्छाएको व्याक्तिले लिन सक्नेछन् 

। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह