२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौं उपत्यकाका ३ जिल्लामा बिहीबार र शुक्रबार खुल्ला हुने बैंकका शाखा कार्यालयहरु, हेर्नुहोस्

२०७८, १३ जेष्ठ बिहीबार ०७:१९

जेठ १३, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण अत्याधिक बढेपछि राष्ट्र बैंकले संख्या तोकेर बैंक र वित्त कम्पनीलाई शाखा चलाउन निर्देशन दिएको छ ।निर्देशन अनुसार केन्द्रीय कार्यालय बाहेक उपत्यका ३ जिल्ला काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटामात्रै वाणिज्य बैंकको शाखा कार्यालय सञ्चालन भइरहेका छन् ।

बैंकिङ कारोबारमार्फत् कोरोना संक्रमण बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्र बैंकले सो निर्देशन बैंकहरुलाई दिएको हो । साथै बैंकहरुले उपपत्यकामा साताभर सञ्चालन हुने आफ्ना शाखा कार्यालयको सूची समेत वेव साइटमा राख्न निर्देशन दिएको छ । जसले गर्दा उपत्यका बासिन्दालाई लक डाउनको समयमा बैंक जानु पर्ने भएमा सम्बन्धित बैंकको वेवसाइट हेरेर खुल्ला हुने शाखा एकिन गरेर मात्रै बैंक जानुपर्नेछ ।

काठमाडौं उपत्यकामा बिहीबार र शुक्रबार कुन बैंकका कुन कुन शाखा कार्यालय खुल्छन् । त्यसको  विस्तृत जानकारी तल दिइएको छ ।

कृषि विकास बैंक : बिहीबार बैंकको सामाखुसी, त्रिपुरेश्वर, न्यूरोड, मंगलबजार, कुपण्डोल र बोडेका कार्यालय संचालन भइरहेका छन् । शुक्रबार रत्नपार्क, गौशाला, ठमेल, सातदोबाटो, ठठ्ठाघर र सांखु शाखा कार्यालय सञ्चालन हुनेछन् ।

बैंक अफ काठमाण्डू : बैंकको बिहीबार कमलपोखरी, बल्खु, नक्साल, सुर्यविनायक, जावालाखेल, मेडिसिटी हस्पिटल काउन्टर खुल्ला रहेका छन् भने शुक्रबार बालाजु, त्रिपुरेश्वर, नक्साल, इटाच्छे र लगनखेलका शाखाकार्यालय सञ्चालन हुनेछन् ।

सेञ्चुरी बैंक : बिहीबार बैंकका नयाँ बानेश्वर, टोखा, पुतलिसडक, बौद्ध, सातदोबाटो र भक्तपुर शाखा कार्यालय सञ्चालन भएका छन् । शुक्रबार भने बैंकका न्यूरोड, कलंकी, सामाखुसी, मिनभवन र सुकुलढोका शाखा कार्यालय खुल्ला हुनेछन् ।

सिटिजन्स बैंक :बिहबिार बैंकको भैसेपाटी, बौद्ध, दरबारमार्ग, कोटेश्वर, कुमारीपाटी, नयाँबजार र ठिमीका शाखा कार्यलय खुल्ला रहेका छन् । शुक्रबार भने बैंकका भक्तपुर, दरबारमार्ग, ग्वार्को, किर्तिपुर, कुपनडोल, नारायणगोपाल चोक र न्युरोड शाखा कार्यालय सञ्चालन हुनेछन् ।

ग्लोबल आइएमई बैंक : बैंकका कान्तिपथ, कुलेश्वर, कुमारीपाटी, ठिमी, पानीपोखरी, कुपण्डोल कार्यालय सञ्चालनमा छन् । यस्तै शुक्रबार बैंकका न्यूरोड, लगनखेल, ग्वार्को, सुर्यविनायक, धापासी र गंगबु शाखा कार्यालय सञ्चालन हुनेछन् ।

हिमालयन बैंक : बिहीबार बैंकको न्यूरोड, नयाँ बानेश्वर, सामाखुशी, पाटन, सातदोबाटो र भक्तपुर शाखा सञ्चालनमा छन् ।

कुमारी बैंक : बिहीबार बैंकका कोटेश्वर, न्यूरोड, किर्तिपुर, गठ्ठाघर, इमाडोल र कुमारीपाटी शाखा कार्यालय सञ्चालनमा छन् ।

लक्ष्मी बैंक : बिहीबार बैंकका हात्तीसार, टेकु, सामाखुसी, लगनखेल, सानेपा, भक्तपुर (सल्लाघारी) शाखा कार्यालय सञ्चालन छन् । शुक्रबार भने बैंकका हात्तीसार, कलंकी, हाँडीगाउ, पुल्चोक, चापागाँउ र कौशलटार शाखा कार्यालय सञ्चालन हुनेछन् ।

माछापुच्छ्रे बैंक : बिहीबार बैंकको नक्साल, चावाहील, पुतलीसडक, कुमारीपाटी, ग्वार्को र ठिमी शाखा कार्यलय सञ्चालन छन् ।

प्राइम बैंक :  बिहीबार बैंकको बिहीबार बालाजु, कालिमाटी, कमलपोखरी, कोटेश्वर, पाटन, पुल्चोक, ठिमी शाखा कार्यालय संचालन छन् । शुक्रबार भने बैंकको नयाँ बानेश्बर, न्यूरोड, सोह्रखुट्टे, इमाडोल, मंगलबजार र गठ्ठाघर शाखा कार्यालय खुल्ला हुनेछन् ।

मेगा बैंक : बिहीबार बैंकका बालकोट, कमलादी, ठमेल, ज्ञानेश्वर, कुमारीपाटी, सुनाकोठी शाखाहरु खुल्ला छन् । शुक्रबार भने सुकेधारा, कमलादी, नयाँ बानेश्वर, न्यूरोड, पाटन र इमाडोलका शाखा कार्यालय खुल्ला हुनेछन् ।

नबिल बैंक : बिहीबार बैंकका ग्वार्को, काँडाघारी, कुमारीपाटी, महाराजगन्ज, सिनामंगल र सूर्यविनायक कार्यालयहरु खुल्ला छन् । शुक्रबार भने चावाहील, कौशलटार, कुलेश्वर, पुल्चोक, सातदोबाटो र तिनधाराका शाखा कार्यालयहरु सञ्चालन हुनेछन् ।

नेपाल इनभेष्टमेण्ट बैंक : बिहीबार बैंकका बत्तिसपुतली, गंगबु, न्यूरोड, पुल्चोक, सिपाडोल शाखा कार्यालयका सञ्चालनमा छन् । शुक्रबार भने बैंकका चावाहील, गंगबु, कमालीमाटी र लगनखेल शाखा कार्यालय सञ्चालन हुनेछन् ।

एनसीसी बैंक : बिहीबार बैंकका ढुंङ्गेधारा, न्यूरोड, लुभु, नारायणटार, कुमारीपाटी, लोकनथली शाखा कार्यालय सञ्चालनमा छन् । शुक्रबार भने बैंकका बागबजार, चावाहील, टेकु, सुकेधारा, कुपन्डोल र थिमी शाखा कार्यालय सञ्चालन हुनेछन् ।

नेपाल बैंक : बिहीबार बैंकका भक्तपुर, कोटेश्वर, कुपण्डोल, महाराजगन्ज कार्यालय खुल्ला छन् ।

एनआइसी एशिया बैंक :  बिहीबार बैंकका बागबजार, थानकोट, पुल्चोक, क्षेत्रपाटी, खुमलटार र पुनारो ठिमीका शाखा कार्यालय सञ्चालनमा छन् । शुक्रबार भने बैंकका न्युरोड, नयाँ बानेश्वर, चापागाउँ, चावाहील, भक्तपुर र लगनखेलका शाखा कार्यालय सञ्चालन हुनेछन् ।

स्ट्यान्डर्ट चार्टर्ड बैंक : बैंकले यस साताभर उपत्यकाका ३ जिल्लामा आफ्ना नयाँ बानेश्वर, लाजिम्पाट, ललितपुर, न्यूरोड र बौद्ध शाखा कार्यालय सञ्चालन गरेको छ ।

प्रभु बैंक : बिहीबार बैंकका कलंकी, कपन, एयरपोर्ट, सानेपा, बालकोट र सातदोबाटो शाखा कार्यालय खुल्ला छन् । शुक्रबार भने बैंकका जोटपाटी, टंगाल, बल्खु, पाटन, इमाडोल र सुर्याविनायक शाखा कार्यालय सञ्चालन हुनेछन् ।

राष्ट्रिय वाणिज्य बैंक :  बिहीबार बैंकका न्यूरोड, ठमेल, स्वयम्भू, पुल्चोक र सूर्यविनायक शाखा कार्यालय खुल्ला छन् । शुक्रबार भने बैंकका कोटेश्वर, नक्साल, टोखा, भैसेपाटी र लगनखेलका शाखा कार्यालय सञ्चालन हुनेछन् ।

सानिमा बैंक :  बिहीबार बैंकको कान्थिपथ, जोरपाटी, महाराजगन्ज, एकान्तकुना, कुपण्डोल र गठ्ठाघर शाखा कार्यालय सञ्चालन छन् ।

एनएमबि बैंक : बिहीबार बैंकका गोलमाडी, ग्वार्को, पुल्चोक, पुतलिसडक, गंगबु र सितापाइला शाखा कार्यालय खुल्ला छन् । शुक्रबार भने बैंकका सुर्यविनायक, लुभु, महाराजगंग, कलंकी, बागदरबार शाखा कार्यालय सञ्चालन हुनेछ ।

सिद्धार्थ बैंक : बिहीबार बैंकका हात्तीसार, जोरपाटी, तीनकुने, जावलाखेल, इमाडोल र च्याम्हासिंह कार्यालय सञ्चालनमा छन् । शुक्रबार भने बैंकका न्यूरोड, स्यम्भु, पाटन, सातदोबाटो र गठ्ठाघर शाखा कार्यालय सञ्चालन हुनेछन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने