२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले संस्थानबाट पाउने लाभांश ४८.८७% बढ्यो, ४० मध्ये २४ वटा नाफामा

२०७८, १४ जेष्ठ शुक्रबार १०:०३

जेठ १४, काठमाडौं ।  सरकारले सार्वजनिक संस्थानबाट गरेको लगानीबाट पाउने लाभांश ४८.८७ प्रतिशतले बढेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको स्थिती अनुसार आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट सरकारले १४ अर्ब ९ करोड ९५ लाख लाख रुपैयाँ लाभांश वापत पाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ४७ करोड रुपैयाँ सार्वजनिक संस्थानबाट सरकारले लाभांश बुझेको थियो । सार्वजनिक वित्त तथा टेलिकम तथा आयल निगमको नाफाबाट सरकारले पाउने लाभांश बढेपनि उद्योगहरुको अवस्था भने सन्तोषजनक छैन ।

अहिले ४४ वटा सार्वजनिक संस्थान संचालनमा रहेका छन् । जसमा २४ वटा संस्थान नाफामा छन् । १८ वटा संस्थान घाटामा छ भने २ वटा संस्थान पूर्ण रुपमा बन्द छ । आर्थिक वर्ष २०७६/७७ सम्म सार्वजनिक संस्थानमा सरकारले २ खर्ब ८८ अर्ब ६५ करोड सेयर लगानी तथा ऋण लगानी २ खर्ब ३० अर्ब गरेको छ । यसरी सार्वजनिक संस्थानमा ५ खर्ब १९ अर्ब लगानी छ ।

आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट १ खर्ब १३ अर्ब रुपैयाँ सरकारले राजस्व पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने