६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उद्योग संघ मकवानपुरले भदौ २९ देखि असोज ९ गतेसम्म औद्योगिक प्रर्दशनी एवम् दँशै महोत्सव मनाउने

२७ श्रावण २०७३, बिहीबार १४:२१

साउन २७, हेटौडा | उद्योग संघ मकवानपुरको आयोजनामा भदौ २९ गते देखि असोज ९ गते सम्म औद्योगिक प्रर्दशनी एवम् दँशै महोत्सव गर्ने भएको छ । जिल्ला भरका सम्पूर्ण उद्योग कलकारखाना र औद्योगिक प्रतिष्ठानहरुको प्रर्दशनी एवम् नेपालीहरुको महाव पर्व विजय दशमी दिपावाली तथा छड पर्वको अवसरमा महोत्सवको आयोजन गर्न लागिएको औद्योगिक प्रदर्शनी एवम् दँशै महोत्सवका संयोजक नवराज अर्यालले प्रत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनु भयो ।

देश कै सबै भन्दा ठुलो र पुरानो इतिहास बोकेको औद्योगिक क्षेत्र र औद्योगिक वातावरणको वारेमा देश भरि जानकारी गराउने,मकवानपुर जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारखाना भित्र्याउने उद्देश्यको साथ महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

हेटौडाको टिसियन मैदानमा  १० दिन सम्म सञ्चालन गर्न लागिएको महोत्सवमा कृषि,आईटि सावारी साधान, खाद्यान्न,लत्ताकपडा,होटेल समेत गरि करिव ४ सय स्टर रहेन जनाएको छ । महोत्सवमा वाल उद्यान,रमाइलो मेला,मिनि चिडियाघर डाइनोसर तथा उत्कृष्ट मनोरञ्जनको समेत व्यवस्था रहेको बताएको छ  । सो महोत्सवलमा १ करोट वरावारको कारोवार हुने लक्ष्य रहेको समेत जनाएको छ । 

मकवानुर उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा क्रिष्टल गहना बनाउने तालिम आजबाट मनहरीमा शुरु भएकोछ । ५ दिन सम्म चल्ने तालिममा करीब २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहनेछ । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष न्यौपानेले तालिममा सिकेको सीपलाई व्यवसायकै रुपमा विकास गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रममा मउबासंघ, महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डेले यस तालिमले महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याई आर्थिक रुपमा सक्षम बनाउने बताएकीछिन् । कार्यक्रममा मउबासंघका बरीष्ठ उपाध्यक्ष कृष्ण कटुवालले कुनै पनि तालिम निजी विकास र व्यवसायिक विकासका लागि हुने र यो तालिम व्यवसायिक विकासमा टेवापुग्ने हुनाले तालिम पछि व्यवसायमा आउन आग्रह गर्नुभयो । मउबासंघ पश्चिम क्षेत्र समितिले आयोजना गरेको कार्यक्रममा पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालले तालिम पछि सिकेका सीपलाई व्यवहारमा समेत उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा मउबासंघ,महिला विकास समिति पश्चिमी क्षेत्र सभापति अनिता कर्माचार्यको सभापतित्वमाम्पन्न कार्यक्रममा संघका कार्यक्रम अधिकृत देवराज पन्त, पश्चिमी क्षेत्र समितिका बरिष्ठ उपाध्यक्ष नारायण सुवेदी, निवर्तमान सभापति मञ्जु सेढाई, सञ्चारकर्मी शिवकुमार काशी, महिला उद्यमी विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । तालिमलाई प्रशिक्षक शारदा सुवेदीले सहजीकरण गर्नुहुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या