१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँका निजी क्षेत्रबाट बजेटको स्वागत

१८ जेष्ठ २०७८, मंगलवार ०२:४६

जेठ १८, तनहुँ | आगामी वर्ष २०७८/७९ का लागि सरकारले सार्वजनिक गरेको बजेटको तनहुँका निजी क्षेत्रले स्वागत गरेका छन् । सरकारले सार्वजनिक गरेको बजेट व्यवसायीमैत्री रहेको व्यवसायीको प्रतिक्रिया छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सरकारले सार्वजनिक गरेको बजेट पछिल्लो दशककै उत्कृष्ट रहेको बताउनुभयो । “बजेटमा सम्बोधन भएका विषयले पछिल्लो दशककै उत्कृष्ट बजेट आएको महसुस भएको छ”, श्रेष्ठले भन्नुभयो । 

श्रेष्ठले बजेटमा निजी क्षेत्रको माग सम्बोधन भएको बताउनुभयो । उद्योग वाणिज्य महासङ्घको परामर्श समितिमार्फत सरकारलाई दिइएको मागलाई बजेटले सम्बोधन गरेको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार बजेटले विशेषगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिए पनि सबै क्षेत्रलाई महत्व दिएको छ । 

नेपाल चेम्बर अफ कमर्स तनहुँले सरकारले ल्याएको बजेटको स्वागत गरेको छ । व्यवसायीले दिएको सुझावलाई आत्मसाथ गर्दै आगामी वर्षको बजेट आएको कमर्सका जिल्ला उपाध्यक्ष कविराज श्रेष्ठले बताउनुभयो । “चेम्बर अफ कमर्सले सरकारलाई दिएको सुझावअनुसार नै बजेट आएको छ, सरकारले ल्याएको बजेटको चौतर्फी स्वागत गरिएको छ”, श्रेष्ठले भन्नुभयो, “जनमुखी बजेट आएकाले यसको कार्यान्वयनमा सरकार उत्तिकै गम्भीर भएर लाग्नुपर्छ ।”

बजेटले व्यवसायीको हकहितका विषयलाई पनि सम्बोधन गरेको श्रेष्ठले बताउनुभयो । कोरोना कहरका कारण थला परेको उद्योग व्यवसाय क्षेत्रलाई पनि बजेटले छोएको उहाँको भनाइ छ । “विस्तृतमा अध्ययन गर्न नपाए पनि व्यवसायीलाई राजश्व छुटका कार्यक्रम बजेटमा समावेश भएको छ”, उहाँले भन्नुभयो । उहाँले व्यवसायीलाई प्रोत्साहन गर्नका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन माग गर्नुभयो । 

बजेटले सबै क्षेत्रलाई समेट्नु एकदमै राम्रो भएको उहाँको भनाइ छ । युवा वर्गदेखि वृद्धवृद्धा, कर्मचारीलगायत सबै क्षेत्रलाई बजेटले समेटेको श्रेष्ठले बताउनुभयो । “सबैले आकाङ्क्षा गरेभन्दा पनि राम्रो बजेट आएकाले कार्यान्वयन पक्षमा चुनौती हुनसक्छ, त्यसतर्फ सरकारले सोच्नुपर्छ”, श्रेष्ठले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह