२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मक : हस्तकला महासङ्घ

२०७८, २० जेष्ठ बिहीबार ०५:००

जेठ २०, काठमाडौँ (रासस)। नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ । महासङ्घले आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक भएको बताएको हो । 

महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोभिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहित महासङ्घले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अवस्थामा सोहीअनुसार बजेट विनियोजन हुनु सराहनीय र स्वागतयोग्य भएको उल्लेख गर्नुभयो । 

“हस्तकला उद्योग व्यवसाय प्रवद्र्धनका निमित्त सीपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअफ ऋणको व्यवस्था, कर सहुलियत व्यवस्था, पुनरकर्जा कोषको निरन्तरता, महिला तथा युवालाई उद्यमशीलताका लागि बजेटलगायतका व्यवस्था सकारात्मक छन्”, उहाँले भन्नुभयो । 

सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणलाई पूर्णता प्रदान गर्ने नेपाल सरकारको प्रतिबद्धता राम्रो भएको महासङ्घको भनाइ छ । प्रशस्त मात्रामा रोजगारीका अवसर उपलब्ध गराउन सरकारी बजेटले सम्बोधन गरिएको सीप विकास तथा रोजगारी मूलक तालिम कार्यक्रम सराहनीय रहेको अध्यक्ष शाक्यले बताउनुभयो । 

यस्तै महासङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको हस्तकला नीति कार्यान्वयनमा ल्याउनुपर्ने महासङ्घको सुझावप्रति बजेट मौन रहेको र सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गर्ने महासङ्घको सुझावलाई बेवास्ता गरिएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने