ललित बोहरा | साउन २९, डडेल्धुरा | दुई दिन देखि अस्त व्यस्त नेपाल टेलिकमको ल्याण्ड लाईन फोन तथा एडिएसएल ईन्टरनेटले गर्दा लाखौ नागरिकले सास्ति खेप्नु परेको छ । 

बिहिवार दिउसोबाट फोन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २९, डडेल्धुरा | दुई दिन देखि अस्त व्यस्त नेपाल टेलिकमको ल्याण्ड लाईन फोन तथा एडिएसएल ईन्टरनेटले गर्दा लाखौ नागरिकले सास्ति खेप्नु परेको छ । 

बिहिवार दिउसोबाट फोन"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिभिन्न बहानामा टेलिकमका कर्मचारी करोडपति बन्दै

२९ श्रावण २०७३, शनिबार ०१:२४

ललित बोहरा | साउन २९, डडेल्धुरा | दुई दिन देखि अस्त व्यस्त नेपाल टेलिकमको ल्याण्ड लाईन फोन तथा एडिएसएल ईन्टरनेटले गर्दा लाखौ नागरिकले सास्ति खेप्नु परेको छ । 

बिहिवार दिउसोबाट फोन एवं ईन्टरनेट सेवा पुर्ण रुपमा बन्द भए पछि सुदु्पश्चिमका लाखौ सेवाग्राहिले सास्ति खेप्नु परेको थियो । पछिल्लो समय केन्द्र देखि नै नेपाल टेलिकमको एनटिसि मोवाईल, ल्याण्डलाईन एवं ईन्टरनेट सेवा अस्त व्यस्त रुपमा सञ्चालन हुदै आएको छ । कुनै बेला मोवाईल रिचार्ज नहुने, फोन व्यस्त देखउने समस्या एनटिसिको मोवाईलमा देखिने गरेको छ भने ल्याण्डलाई र नेटवर्क पनि दु्रत गतिमा सुचारु हुन सकेको छैन । 

डडेल्धुराको महाभारत क्षेत्र काफलीमा रहेको नेपाल टेलिकमको टावरमा बिद्युत प्रवाह हुन नसक्दा फोन र ईन्टरनेटमा समस्या आएको टेलिकम डडेल्धु्राले जनाएको छ । बिद्युत प्राधिकरणको एक टोली काफली टावर तर्फ फल्ट खोज्दै मर्मतका लागी हिडेकाले केही समय पछि मात्रै दुरुस्त रुपमा सेवा सुचारु हुने टेलिकम डडेल्धुराले जनाएको छ ।

नेपालमा फोन र ईन्टरनेटमा सबै भन्दा अघि रहेको नेपालटेलिकममा कार्यरत कर्मचारी पैसाको प्रलोभनमा परि आफ्नो सेवा अबरुद्ध गरि अन्य कम्पनि संगको आर्थिक मिलोमतोमा सामेल भएको प्रष्ट हुने गरेको छ । अन्य दुरसञ्चार कम्पनि संगको आर्थिक मिलोकतोमा एक दिनमा करिब ९० करोड घाटा हुने देखिन्छ । टेलिकमलाई घाटा भए पनि एकै दिनमा टेलिकमका कर्मचारीले अन्य कम्पनि संगको मिलोमतोमा भने १० करोड कमाउन सक्दछन । नेपाल टेलिकमको एक दिन सेवा अवरुद्ध गरी अन्य कम्पनि संग मिली एक दिनको कमाईको १२ प्रतिशत मात्रै कुनै एक जना कर्मचारीले सम्झौता गर्दा १० करोड कमाउन सक्ने देखिन्छ । नेपाल टेलिकममा नै कार्यरत कर्मचारीले यो मिलोमतोमा फोन एवं ईन्टरनेट सेवा अबरुद्ध पारिने गोप्य जानकारी दिएका छन । नेपाल टेलिकमले मासिक तिन अर्बको कारोबार गर्ने उसकै तथ्यांकमा उल्लेख छ ।

सिस्टममा खराबी आउने संकेत टेलिकमका ईन्जिनियर एवं निर्देशकलाई पहिले नै जानकारी हुन्छ । खराबी पुर्व जानकारी प्राप्त हुने सिस्टम नेपाल टेलिकममा छ । ग्रहाकलाई पुर्व जानकारी नै नगराई नेपाल टेलिकमको सेवा अबरुद्ध हुने गरेको छ । नेपालमा सुचनाको हक कानुन मै उल्लेख भए पनि आम नागरिकलाई सुचनाबाट बञ्चित गराई नेपाल टेलिकमले भष्टाचार गरि रहेको आम नागरिकको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला