ललित बोहरा | साउन २९, डडेल्धुरा | दुई दिन देखि अस्त व्यस्त नेपाल टेलिकमको ल्याण्ड लाईन फोन तथा एडिएसएल ईन्टरनेटले गर्दा लाखौ नागरिकले सास्ति खेप्नु परेको छ । 

बिहिवार दिउसोबाट फोन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २९, डडेल्धुरा | दुई दिन देखि अस्त व्यस्त नेपाल टेलिकमको ल्याण्ड लाईन फोन तथा एडिएसएल ईन्टरनेटले गर्दा लाखौ नागरिकले सास्ति खेप्नु परेको छ । 

बिहिवार दिउसोबाट फोन"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिभिन्न बहानामा टेलिकमका कर्मचारी करोडपति बन्दै

२०७३, २९ श्रावण शनिबार ०१:२४

ललित बोहरा | साउन २९, डडेल्धुरा | दुई दिन देखि अस्त व्यस्त नेपाल टेलिकमको ल्याण्ड लाईन फोन तथा एडिएसएल ईन्टरनेटले गर्दा लाखौ नागरिकले सास्ति खेप्नु परेको छ । 

बिहिवार दिउसोबाट फोन एवं ईन्टरनेट सेवा पुर्ण रुपमा बन्द भए पछि सुदु्पश्चिमका लाखौ सेवाग्राहिले सास्ति खेप्नु परेको थियो । पछिल्लो समय केन्द्र देखि नै नेपाल टेलिकमको एनटिसि मोवाईल, ल्याण्डलाईन एवं ईन्टरनेट सेवा अस्त व्यस्त रुपमा सञ्चालन हुदै आएको छ । कुनै बेला मोवाईल रिचार्ज नहुने, फोन व्यस्त देखउने समस्या एनटिसिको मोवाईलमा देखिने गरेको छ भने ल्याण्डलाई र नेटवर्क पनि दु्रत गतिमा सुचारु हुन सकेको छैन । 

डडेल्धुराको महाभारत क्षेत्र काफलीमा रहेको नेपाल टेलिकमको टावरमा बिद्युत प्रवाह हुन नसक्दा फोन र ईन्टरनेटमा समस्या आएको टेलिकम डडेल्धु्राले जनाएको छ । बिद्युत प्राधिकरणको एक टोली काफली टावर तर्फ फल्ट खोज्दै मर्मतका लागी हिडेकाले केही समय पछि मात्रै दुरुस्त रुपमा सेवा सुचारु हुने टेलिकम डडेल्धुराले जनाएको छ ।

नेपालमा फोन र ईन्टरनेटमा सबै भन्दा अघि रहेको नेपालटेलिकममा कार्यरत कर्मचारी पैसाको प्रलोभनमा परि आफ्नो सेवा अबरुद्ध गरि अन्य कम्पनि संगको आर्थिक मिलोमतोमा सामेल भएको प्रष्ट हुने गरेको छ । अन्य दुरसञ्चार कम्पनि संगको आर्थिक मिलोकतोमा एक दिनमा करिब ९० करोड घाटा हुने देखिन्छ । टेलिकमलाई घाटा भए पनि एकै दिनमा टेलिकमका कर्मचारीले अन्य कम्पनि संगको मिलोमतोमा भने १० करोड कमाउन सक्दछन । नेपाल टेलिकमको एक दिन सेवा अवरुद्ध गरी अन्य कम्पनि संग मिली एक दिनको कमाईको १२ प्रतिशत मात्रै कुनै एक जना कर्मचारीले सम्झौता गर्दा १० करोड कमाउन सक्ने देखिन्छ । नेपाल टेलिकममा नै कार्यरत कर्मचारीले यो मिलोमतोमा फोन एवं ईन्टरनेट सेवा अबरुद्ध पारिने गोप्य जानकारी दिएका छन । नेपाल टेलिकमले मासिक तिन अर्बको कारोबार गर्ने उसकै तथ्यांकमा उल्लेख छ ।

सिस्टममा खराबी आउने संकेत टेलिकमका ईन्जिनियर एवं निर्देशकलाई पहिले नै जानकारी हुन्छ । खराबी पुर्व जानकारी प्राप्त हुने सिस्टम नेपाल टेलिकममा छ । ग्रहाकलाई पुर्व जानकारी नै नगराई नेपाल टेलिकमको सेवा अबरुद्ध हुने गरेको छ । नेपालमा सुचनाको हक कानुन मै उल्लेख भए पनि आम नागरिकलाई सुचनाबाट बञ्चित गराई नेपाल टेलिकमले भष्टाचार गरि रहेको आम नागरिकको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा