१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्तर्राष्ट्रिय चार्टर उडानमा चर्को भाडा असुली : कारवाही गर्न छानबिन समिति गठन

८ असार २०७८, मंगलवार ०७:२६

असार ८, काठमाडौं । अन्तर्राष्ट्रिय चार्टर उडानमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकबाट चर्को भाडा असुल भएको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसमा संलग्नलाई कारबाही गर्न तदारुकता देखाएको छ।

नियमित भाडादरभन्दा चार गुणामाथि असुलेर यात्रु ठगी गरेको देखिएपछि मन्त्रालयले यसमा संलग्न कर्मचारी, ट्राभल एजेन्सी र वायुसेवा लगायतका सम्भावित दोषी पहिचान र कारबाहीका लागि सोमबार एक छानबिन समिति गठन गरेको छ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। सरकारले सीमित देशमा हप्ताको एउटा मात्र अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै केही ट्राभल एजेन्सीले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को शुल्क लिएको गुनासो सम्बन्धित देशको दूतावास हुँदै मन्त्रालयसम्म आइपुगेको हो। अहिले निजी क्षेत्रको वायुसेवा हिमालय एयरलाइन्सले नेपालबाट खाडी मुलुकमा चार्टर उडान  गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह