१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कागेश्वरी मनोहरामा रु दुई अर्ब तीन करोड ७६ लाखको बजेट

९ असार २०७८, बुधबार ०५:३१

असार ९, काठमाडौँ (रासस) । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ ।आर्थिक वर्ष २०७८/२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत खर्चतर्फ रु एक अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ को बजेट विनियोजन गरिएको छ । सभामा पेश गरिएको आगामी आर्थिक वर्षको अनुमानित बजेटमाथि छलफल गरी असार १० गते पारित गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिनुभयो । 

बजेटमा कोभिड–१९ बाट नगरवासीलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । मूलपानीमा रहेको नगर अस्पताललाई अक्सिजन, आइसियुसहितको सुविधा सम्पन्न बनाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यसैगरी रोजगारी सृजना एवं पूर्वाधार विकासलाई पनि बजेटमा प्राथमिकता दिइएको छ । कृषि, शिक्षालगायत शीर्षकमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह