२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बूढानीलकण्ठ नगरपालिकाद्वारा नगर अस्पताल निर्माण र पर्यटन पूर्वाधारमा जोड

२०७८, १० असार बिहीबार ०५:४९

असार १०, काठमाडौं (रासस)। बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । नगरपालिकाले बुधबार आयोजना गरेको नगरसभाले बहुमतबाट नगर प्रमुख उद्धवप्रसाद खरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो । 

बूढानीकलण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईले बुधबार सम्पन्न नगरसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको जानकारी दिनुभयो । कुनै पनि बेला आउन सक्ने महामारीसँग जुध्न पूर्वाधारसहितका सामग्री व्यवस्थित गर्ने विषय नीति तथा कार्यक्रममा छ । त्यसैगरी नगर अस्पताल तयार पारेर सेवा थाल्ने, स्वास्थ्यचौकीको पूर्वाधार निर्माण गर्नेदेखि मुटु, मिर्गौला जस्ता विशेष रोगबाट पीडित गरीब वर्गका लागि गरिँदै आएको सहयोग व्यवस्थित गर्नेसम्मका योजना समेटिएको छ । 

ध्यान योगका लागि खुला क्षेत्रको सुधार गर्ने, जनता स्वास्थ्य बीमा कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्नेलगायत कार्यक्रमलाई पनि आगामी आर्थिक वर्षमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

शिक्षा, सामाजिक तथा मानवीय विकास, आर्थिक क्षेत्र, उद्योग, व्यवसाय र पर्यटन, वन, वातावरण र फोहोर व्यवस्थापन, विपद् व्यवस्थापन, प्रशासन सुधार र जनशक्ति व्यवस्थापन, युवा परिचालन तथा सशक्तीकरण, व्यवस्थित शहरी विकासलगायतलाई पनि नगरपालिकाले आगामी आवको प्राथमिकतामा राखेको छ । 

नगरपालिकाका प्रवक्ता भट्टराईका अनुसार आन्तरिक राजस्व परिचालन र वृद्धि  तथा पर्यटन पूर्वाधार विकासलाई केन्द्रमा राखेर नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ । 

बूढानीलकण्ठले चालु आवमा रु दुई अर्ब ६७ करोड बजेट विनियोजन गरेको थियो । कोभिड–१९ महामारीका कारण वार्षिक लक्ष्यको औसत ५० प्रतिशत मात्रै योजना र कार्यक्रम कार्यान्वयन भएको नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक