१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बूढानीलकण्ठ नगरपालिकाद्वारा नगर अस्पताल निर्माण र पर्यटन पूर्वाधारमा जोड

१० असार २०७८, बिहीबार ०५:४९

असार १०, काठमाडौं (रासस)। बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । नगरपालिकाले बुधबार आयोजना गरेको नगरसभाले बहुमतबाट नगर प्रमुख उद्धवप्रसाद खरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो । 

बूढानीकलण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईले बुधबार सम्पन्न नगरसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको जानकारी दिनुभयो । कुनै पनि बेला आउन सक्ने महामारीसँग जुध्न पूर्वाधारसहितका सामग्री व्यवस्थित गर्ने विषय नीति तथा कार्यक्रममा छ । त्यसैगरी नगर अस्पताल तयार पारेर सेवा थाल्ने, स्वास्थ्यचौकीको पूर्वाधार निर्माण गर्नेदेखि मुटु, मिर्गौला जस्ता विशेष रोगबाट पीडित गरीब वर्गका लागि गरिँदै आएको सहयोग व्यवस्थित गर्नेसम्मका योजना समेटिएको छ । 

ध्यान योगका लागि खुला क्षेत्रको सुधार गर्ने, जनता स्वास्थ्य बीमा कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्नेलगायत कार्यक्रमलाई पनि आगामी आर्थिक वर्षमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

शिक्षा, सामाजिक तथा मानवीय विकास, आर्थिक क्षेत्र, उद्योग, व्यवसाय र पर्यटन, वन, वातावरण र फोहोर व्यवस्थापन, विपद् व्यवस्थापन, प्रशासन सुधार र जनशक्ति व्यवस्थापन, युवा परिचालन तथा सशक्तीकरण, व्यवस्थित शहरी विकासलगायतलाई पनि नगरपालिकाले आगामी आवको प्राथमिकतामा राखेको छ । 

नगरपालिकाका प्रवक्ता भट्टराईका अनुसार आन्तरिक राजस्व परिचालन र वृद्धि  तथा पर्यटन पूर्वाधार विकासलाई केन्द्रमा राखेर नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ । 

बूढानीलकण्ठले चालु आवमा रु दुई अर्ब ६७ करोड बजेट विनियोजन गरेको थियो । कोभिड–१९ महामारीका कारण वार्षिक लक्ष्यको औसत ५० प्रतिशत मात्रै योजना र कार्यक्रम कार्यान्वयन भएको नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह