१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआईसी एसिया क्यापिटलको सेलेक्ट ३० इन्डेक्स फण्डको बिक्रि आजदेखि

१० असार २०७८, बिहीबार ०५:५७

असार १०, काठमाडौं । एनआईसी एशिया क्यापिटलले आजदेखि एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)को इकाई निष्काशन गरेको छ ।  एनआईसी एसिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यो फण्डको आकार १ अर्बको रहेको रहको छ । 

प्रति इकाई मूल्य रु.१० दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एन आई सी एशिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गरिएको हो । यस निष्काशनमा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा  असार १४ गतेसम्म र त्यस समयसम्ममा पर्याप्त आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । मेरोशेयर मार्फत र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ । 

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस सेलेक्ट –३० (इन्डेक्स फण्ड) सात वर्ष अवधि रहेको तेश्रो बन्दमुखी योजना हो । उक्त योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने कम्पनीले जनाएको छ । 

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीका अनुसार यस योजनाले सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरु मध्ये ३० वटा कम्पनीहरु छनौट गरी लगानी गर्ने छ । लगानी गरिने कम्पनीहरुको छनौट गर्दा विभिन्न आन्तरिक प्यारामिटर अनुसार गरिने छ । 

विशेषत सूचिकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटा कम्पनीहरुमा लगानी गरिने भएता पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरुको संख्यमा थपघट हुने र निश्चित समय पछि उक्त कम्पनीहरुको संख्यालाई पुनः मुल्याङ्गकन गरी ३० भन्दा बढी नहुने गरि कायम गरिने क्यापिटलले जनाएको छ । 

हाल एन आई सी एशिया क्यापिटलले दुई वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना संचालन गरिहेको छ । साथै क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौं योजना एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड नामक योजना स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराईसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह