२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सवारी लाइसेन्सको लिखित परीक्षामा कस्तो प्रश्न आउँछ ? विभागले निकाल्यो प्रश्न बैंक

२०७८, १० असार बिहीबार ०७:०३

असार १०, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा सहज हुने गरि सम्भावित प्रश्न संग्रह (क्वेशन बैक) आफ्नो वेसाइटमा प्रकाशन गरेको छ।

विभागले लिखित प्रयोजनका लागि तयार पारेको ५/५ सय वटा प्रश्नहरुको दुईटा प्रश्न संग्रह www.dotm.gov.np मार्फत प्रकाशित गरेको हो।साइटमा राखिने उक्त प्रश्नावलीमा करीब एक हजार प्रश्न राखिने बताइएको छ। त्यही भित्रबाट परीक्षार्थीलाई प्रश्न सोधिनेछ। अहिले विभिन्न स्रोतबाट पढेर परीक्षा दिनुपर्ने व्यवस्था छ। विस्तारै घरमै बसेर लिखित परीक्षा दिने व्यवस्था मिलाउने योजनामा विभाग छ।

परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (वर्ग 'क'/ 'ट' (A/K)- मोटर साइकल/ स्कुटर/मोपेड र वर्ग 'ख' (B)- कार/जीप/ डेलिभरी भ्यानका लागि २०७७ जेठ २ देखि लागू भएको हो।  यातायात सेवालाई थप सेवाग्राहीमैत्री बनाउँदै लैजाने उद्धेश्यले उक्त निर्देशिकाको दफा ५(२) बमोजिम वर्ग 'क'/'ट' (A/K) र वर्ग ख (B) को लागि लिइने लिखित परीक्षा प्रश्न संग्रहबाट ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरु चयन गरी प्रश्नपत्र तयार पारेर सोधिनेछ।

संग्रहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ नयाँ प्रविधिका आधारमा वार्षिक रुपमा अध्यावधिक गरिदै जाने विभागले जनाएको छ। प्रश्नपत्र संग्रहको सार्वजनिक प्रकाशनले परीक्षार्थीलाई लिखित परीक्षाको तयारी गर्न सहज हुने विश्वास विभागले लिएको छ।

प्रश्न संग्रह हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक