२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर कारोबार : प्रिओपनमा अब २ प्रतिशतमात्रै घटबढ हुने

२०७८, १० असार बिहीबार ०९:४४

असार १०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बोर्डको धितोपत्रको दोस्रो बजारमा कारोबारलाई व्यवस्थित बनाउन भन्दै प्रि ओपनिङ्ग सेसनको मूल्य सीमा तथा नियमित बजारमा हुने कारोबारको न्यूनतम मूल्य परिवर्तन सीमा 'टिक साइज' लाई परिवर्तन गर्दै घटाएको छ ।

बोर्डले बिहीबार विद्यमान धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संसोधन ( धितोपत्र कारोबार सञ्चालन (दोस्रो संसेधन) विनियमावली २०७८) स्वीकृत गर्दै नयाँ व्यवस्था गरेको जनाएको हो । जसअनुसार बिहान साढे १० देखि पौने ११ बजेसम्म १५ मिनेट सुचारु हुने प्रि ओपन सेसनमा कुनैपनि शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुदै आएकोमा अब भने २ प्रतिशत मात्र घटबढ हुन पाउने व्यवस्था गरिएको छ ।

बोर्डले दोस्रो बजारमा कारोबार गर्दा राख्न मिल्ने माथिल्लो र तल्लो मूल्य बीचमा राख्न पाइने मूल्य टिक साइजलाई एक रुपैयाँबाट घटाएर १० पैसामा झारेको छ । हालसम्म कुनैपनि स्क्रिष्ट खरीद वा बिक्रीको अर्डर राख्दा अन्तिम मूल्यका आधारमा २ प्रतिशतको सीमाभित्र घटबढ गरी खरीद वा बिक्री अर्डर राख्न सकिन्छ । यसअघि यस्तो अर्डर राख्दा एक रुपैयाँको अन्तरमा मात्र राख्न पाइने व्यवस्था थियो । बोर्डको नयाँ व्यवस्थासँगै अब १० पैसाको अन्तरमा अर्डर राख्न सकिने भएको छ ।

बोर्डले गरेको संसोधित व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यान्वयनमा ल्याउने बोर्डले जनाएको छ । नयाँ ब्यबस्थालाई यथाशीघ्र कार्यन्वयनमा ल्याउन बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिएको छ । यसलाई अब नेप्सेले कार्यान्वयन हुने मिति तोकेर कार्यान्वयनमा ल्याउनेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान